विश्वकप क्रिकेट : नेदरल्याण्डसंग दक्षिण अफ्रीका स्तब्ध

दक्षिण अफ्रीकालाई ३८ रनले पराजित गर्दै नेदरल्याण्डले भारतमा जारि एकदिवसीय विश्वकपमा जितको खाता खोलेको छ। अघिल्लो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसंग पराजित भएको नेदरल्याण्डले तेश्रो खेलमा शानदार लयमा रहेको दक्षिण अफ्रीकालाई स्तब्ध पार्यो। दक्षिण अफ्रीकाले अघिल्लो दुई खेलमा श्रीलंका र अस्ट्रेलियालाई पराजित गरेको थियो।

हिमान्चल प्रदेश शिती धरमशाला मैदानमा सम्पन्न खेलमा नेदरल्याण्डले दिएको २४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ४२.५ ओभरमा २०७ रनमा सबै विकेट गुमायो।

दक्षिण अफ्रीकाको लागि डेभिड मिलरले सर्वाधिक ४३ तथा केशव महाराजले ४० रन योगदान दिए भने हेनरिच क्लासेनले २८, जेराल्ड कोत्जेले २२, क्विन्टन डीककले २० तथा तेम्बा बभुमाले १६ रन बनाए। दशौँ विकेटको लागि केशव महाराज र लुंगी एनगीडीले ४१ रनको साझेदारी गरेता पनि जित दिलाउन सकेनन्।

नेदरल्याण्डको बलिंगमा लोगान भान विकले ३ तथा पल भान मिकीरन, रोल्फ भान डर मर्वे र बास डी लिडेले २/२ विकेट लिए।

वर्षाका कारण ४३ ओभरमा छोट्याईएको खेलमा टस हारेर ब्याटिंग गरेको नेदरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४५ रन बनायो।

११२ रनमा ६ विकेट गुमाएको अवस्थामा सातौँ नम्बरमा ब्याटिंग गर्न आएका कप्तान स्कट एड्वार्ड्सले अविजित अर्धशतक बनाउदै नेदरल्याण्डलाई राम्रो योगफल तर्फ डोर्याए। एड्वार्ड्सले ६९ बलमा १० चौका र १ छक्का मद्दतले ७८ रन बनाए। उनले आठौँ विकेटको लागि रोल्फ भान डर मर्वेसंग ६४ रनको तथा नवौं विकेटको लागि आर्यन दत्तसंग अविजित ४१ रनको साझेदारी गरे। मर्वेले २९ तथा दत्तले अविजित २३ रन बनाए। दत्तले ९ बलमा ३ छक्का प्रहार गरे। यस अघि तेजा निदमनुरुले २०, साईब्राण्ड एन्जेलब्रेचले १९ तथा म्याक्स ओ डोडले १८ रन बनाएका थिए।

दक्षिण अफ्रीकाको बलिंगमा लुंगी एनगीडी, मार्को जान्सेन र कागीसो रबाडाले २/२ तथा जेराल्ड कोत्जे र केशव महाराजले १/१ विकेट लिए।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]