टि-२० विश्वकप : प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डद्वारा युएई पराजित

प्रतिस्पर्धात्मक खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै नेदरल्याण्डले अस्ट्रेलियामा आज देखि सुरु भएको आठौँ संस्करणको टि-ट्वान्टी विश्वकपमा विजयी सुरुवात गरेको छ।

पहिलो चरणको समुह ‘ए’ अन्तर्गतको जिलोंगमा सम्पन्न खेलमा युएईले दिएको ११२ रनको लक्ष्य ७ विकेट गुमाएर १९.५ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड एक समय ७६/६ को अवस्थामा थियो। सातौँ विकेटको लागि कप्तान स्कटएड्वार्ड्सले टिम प्रिंगलसंग २७ रनको साझेदारी गर्दै योगफल सय पार गरे। उन्नाईसौं ओभरमा प्रिंगललाई जहुर खानले बोल्ड गर्दै युएईलाई खेलमा फर्काए। उक्त ओभरमा मात्र ४ रन खर्चेपछि अन्तिम ओभरमा नेदरल्याण्डलाई जित्न ६ रन आवस्यक रह्यो। अन्तिम ओभरको पहिलो तिन बलमा ३ रन बनेता पनि चौंथो बलमा एड्वार्ड्सले २ रन लिए। एड्वार्ड्सले पाँचौ बलमा १ रन लिंदै नेदरल्याण्डलाई जित चुमाए।

स्कट एड्वार्ड्सले अविजित १६ रन बनाए। म्याक्स ओ डोडले २३, कोलिन एंकरम्यानले १७, टिम प्रिंगलले १५ तथा बास डी लिडेले १४ रन योगदान दिए। युएई बलर जुनैद सिद्दिकीले ३ विकेट लिंदा बसिल हमिद, आयान अफ्जक खान, कार्तिक मैयपा र जहुर खानले १/१ विकेट लिए।

टस जितेर पहिले ब्याटिंग गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो। उसको लागि ओपनर मुहम्मद वासिमले सर्वाधिक ४१ रन, भृत्य अरभीन्दले १८ रन बनाए। ९१ रनमा २ विकेट गुमाएको अवस्थाबाट अन्तिममा लगातार विकेट गुम्दा युएईले ठूलो योगफल बनाउन सकेन।

नेदरल्याण्डको बलिंगमा बास डी लिडेले ३ विकेट लिंदा फ्रेड क्लासेनले २ तथा टिम प्रिन्गले र रोलेफ भान डर मर्वेले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न पहिलो खेलमा नामिबियाले श्रीलंका बिरुद्ध ऐतिहासिक जित दर्ता गरेको थियो। 

भोलि सोमबार प्रतियोगिताको समूह ‘बि’ अन्तर्गतका दुई खेल हुनेछन्। बिहान ९:४५ बजे स्कटल्याण्ड र वेस्ट इन्डिज तथा दिउँसो १:४५ बजे आयरल्याण्ड र जिम्बाब्वे प्रतिस्पर्धा गर्नेछन्।

विश्वकपको पहिलो चरणमा ८ टिमलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा नेदरल्याण्ड, युएई, नामिबिया र श्रीलंका छन् भने समुह ‘बि’ मा वेस्टइन्डिज, जिम्बाब्वे, आयरल्याण्ड र स्कटल्याण्ड छन्। समुह चरणमा सबै टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेलेपछि दुवै समूहको उत्कृस्ट दुई टिम सुपर -१२ चरण प्रवेश गर्नेछन्।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]