४१ वर्षीय डोस्काटेलाई समाबेश गर्दै नेदरल्याण्डको टि-२० विश्वकप टिम घोषित

२०७८ भाद्र २६, शनिबार ११:४७

४१ वर्षीय रायन टेन डोस्काटेलाई समाबेश गर्दै २०२१ टि-ट्वान्टी विश्वकपको लागि नेदरल्याण्डले टिमको घोषणा गरेको छ। डोस्काटे एकदिवसीयमा विश्वकै सर्वाधिक औशत ( ६७ ) तथा टि-२० अन्तर्राष्ट्रियमा विश्वकै चौथों ( ४४.३१ ) औशत भएका खेलाडी हुन्।

पिटर सिलार कप्तानीको टिममा उपकप्तानको रुपमा कोलिन एंकरम्यान रहेका छन्। माइकल रिप्पन, टम कुपर र भिभियन किंग्माले टिममा स्थान स्थान बनाउन असफल रहे। देशको लागि २२ टि-२० अन्तर्राष्ट्रिय खेलेका डोस्काटेले अन्तिम पटक २०१९ टि-२० विश्वकप फाइनलमा पपुवा न्यु गिनी बिरुद्ध खेलेका थिए। उक्त प्रतियोगितामा डोस्काटेले ९ खेलमा २३३ रन बनाउदै बेन कुपर ( २४६ रन पछि ) दोश्रो सर्वाधिक रनकर्ता थिए।

यो वर्ष अप्रिलमा त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाल आएको नेदरल्याण्ड टिममा रहेका ६ जना खेलाडीहरुलाई टिममा समाबेश गरिएको छैन। सेबास्टिएन ब्राट, जुलीएन डी मे, आर्यन दत्त, भीभीएन किंग्मा, एन्टोनियस स्टल, बिक्रमजित सिंह, टोबेस भिसे नेपाल भ्रमणमा आएका थिए।

१५ सदस्यीय टिममा बेन कुपर, स्टेफेन माईबर्ग, रोल्फ भान डर मर्वे, पल भान मिकीरन जस्ता नियमित खेलाडीहरु टिममा छन्। मिकीरन हाल करेबियन प्रिमीयर लिगमा ( सिपिएल ) सहभागी छन् जो उक्त लिग खेल्ने पहिलो नेदरल्याण्ड खेलाडी हुन्। मिकीरनले सिपिएलमा ७ खेलमा ८ विकेट लिंदै प्रभावशाली प्रदर्शन गरिरहेका छन्।

विश्वकपमा नेदरल्याण्ड पहिलो चरणमा समुह ‘ए’ मा आयरल्याण्ड, नामिबिया र श्रीलंकासंग रहेको छ जसले पहिलो खेल अक्टोबर १८ तारिखमा अबुधाबीमा आयरल्याण्ड बिरुद्ध खेल्नेछ। समूहमा सबै टिमसंग एक/एक खेलेपछि उत्कृस्ट हुने २ टिम सुपर-१२ चरणमा छनोट हुनेछ।

घोषित नेदरल्याण्ड टिम : पिटर सिलार ( कप्तान ) , कोलिन एंकरम्यान, फिलिपे बोसेभेन, बास डी लिडे, पल भान मिकीरन, बेन कुपर, म्याक्स ओडोड, स्कट एड्वार्ड्स, रायन टेन डोस्काटे, टिम भान डर गुग्टेन, रोल्फ भान डर मर्वे, ब्रेण्डन ग्लोभर, फ्रेड क्लासेन, लोगान भान बिक, स्टेफेन माईबर्ग ( रिजर्भ – टोबेस भिसे र शेन स्यांटनर )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy