चलेन नेदरल्याण्डको ब्याटिंग, आयरल्याण्डलाई सामान्य लक्ष्य

२०७८ जेष्ठ २१, शुक्रबार १७:५३

आयरल्याण्डको नेदरल्याण्ड भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो खेल जारि रहेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्याण्ड १ रनले विजयी हुँदै सिरिजमा १-० ले अग्रता लिएको छ।

अल्ट्रेच, स्पोर्ट्सपार्कमा टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले ४९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५७ रन बनाउदै आयरल्याण्डलाई १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

नेदरल्याण्डको लागि ओपनर म्याक्स ओ डोडले सर्वाधिक ३६ रन, बास डी लिडे र स्कट एडवार्डले समान २३ रन, लोगान भान बिकले अविजित २२ रन तथा ब्राण्डन ग्लोभरले १८ रन बनाए।

जोशुवा लिटलले ४ विकेट लिए

पहिलो विकेटको लागि म्याक्स ओ डोड र स्टेफेन माइबर्गले ४४ रनको साझेदारी गरेका थिए। तर देब्रे हाते पेसर जोशुवा लिटलले १४ औं ओभरमा ११ रन बनाएका माइबर्ग र खाता नखोली बेन कुपर तथा १८ औं ओभरमा म्याक्स ओडोडको विकेट लिंदै आयरल्याण्डलाई खेलमा हावी गराएका थिए।

त्यसपछि नेदरल्याण्ड कुनै पनि बेला सम्हालिन सकेन र लगातार विकेट गुमाउन पुग्यो। दायाँ हाते पेसर क्रेग योंगले पिटर सिलार, स्कट एडवार्ड र टिम भान डर गुटेनको विकेट लिंदै मध्यक्रमलाई चलन दिएनन्।

११६/८ को अवस्थाबाट नवौं विकेटको लागि लोगान भान बिक र ब्रेण्डन ग्लोभर ३० रनको साझेदारी गर्दै टिमको योगफल १५० नजिक पुर्याए। ग्लोभरको विकेट पछि पनि भान बिकले अन्तिम सम्म ब्याटिंग गरे।

आयरल्याण्डको बलिंगमा जोशुवा लिटल ( १०-१-३९-४ ) र क्रेग योंग ( ९.२-२-१८-४ ) ले समान ४ विकेट लिए भने ब्यारी म्याकार्थी ( १०-१-३३-१ ) र एन्डी म्याकब्रायनले ( १०-४-२८-१ ) समान १ विकेट लिए।

यो पनि पढ्नुस 

https://wicketnepal.com/ned-vs-ire-1st-odi-wn21/

https://wicketnepal.com/debyu-mai-dohoro-shatak-banaudai-conway/

https://wicketnepal.com/pura-sijan-ipl-nakhelne-wn21/

https://wicketnepal.com/gbr-dubo-ropna-suru-photo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy