टि-२० विश्वकप : नेदरल्याण्डको लगातार दोश्रो जित

२०७९ कार्तिक १, मंगलवार १३:०५

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकपको पहिलो चरणको खेलमा नेदरल्याण्डले लगातार दोश्रो जित दर्ता गर्दै दोश्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

जिलोंगमा सम्पन्न खेलमा नामिबियाले दिएको १२२ रनको लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाएर भेटायो। पहिलो खेलमा नेदरल्याण्डले युएईलाई ३ विकेटले पराजित गरेको थियो।

लक्ष्य पछ्याउने क्रममा एक समय ९२ रन बनाउदा मात्र १ विकेट गुमएता पनि चौधौं ओभरमा म्याक्स ओ डोडको रन आउट पछि नामिबियाले दबाब बनायो। १६ औं ओभरमा जेजे स्मितले टम कुपर र कोलिन एंकरम्यानको विकेट लिंदै दबाब थपे। कप्तान स्कट एड्वार्ड्स लगत्तै आउट हुंद नेदरल्याण्ड ९२/१ बाट १०२/५ को अवस्थामा पुग्यो। छैठौं विकेटको लागि  बास डी लिडे र टिम प्रिंगलले अविजित २० रनको साझेदारी गर्दै ३ बल अघि जितसम्म डोर्याए।

बास डी लिडेले अविजित ३० रन बनाए भने प्रिंगलले अविजित ८ रन बनाए। त्यस अघि ओपनर विक्रमजित सिंहले ३९ तथा म्याक्स ओ डोडले ३५ रन बनाएका थिए। पहिलो विकेटको लागि सिंह र डोडले ५९ रन जोडेका थिए।

नामिबियाको बलिंगमा जेजे स्मितले २ विकेट लिंदा बर्नार्ड स्कल्ज र जान फ्राईलिंकले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १२१ रन बनायो। उसको लागि जान फ्राईलिंकले सर्वाधिक ४३, माइकल भान लिंगेनले २०, स्टेफेन बार्डले १९ तथा कप्तान गेरहार्ड इरास्मसले १६ रन योगदान दिए।

नेदरल्याण्ड बलर बास डी लिडेले २ विकेट लिंदा टिम प्रिंगल, कोलिन एंकरम्यान, पौल भान मिकीरन र रोलेफ भान डर मर्वेले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको थियो। पहिलो चरणको अन्तिम खेलमा नामिबियाले बिहिबार युएईसंग तथा नेदरल्याण्डले सोहि दिन श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ।

अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy