नेदरल्यान्ड्सले जित्यो सिरिज

अन्तिम खेलमा अमेरिकामाथि जित निकाल्दै नेदरल्यान्ड्सले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि ट्वान्टी सिरिजको उपाधी जितेको छ ।

सिरिजको छैटौं तथा अन्तिम खेलमा अमेरिकालाई ४ रनले पराजित गर्दै नेदरल्यान्ड्स घरमा नै उपाधी राख्न सफल भएको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको अमेरिकाले १९.१ ओभरमा अल आउट हुदै १ सय २८ रन मात्र बनायो ।

अमेरिकाका लागि आन्द्रेस गौसले २६ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४२ रन जोडे । ओपनर साईतेजा मुकामुल्लाले १६ बलमा २४, आरोन जोन्सले १३ तथा जसदिप सिंहले १२ रन बनाए ।

एक समय ७५ रनमा २ विकेट गुमाउँदै सहज जित तर्फ अमेरिका अघि बढेको थियो । नियमित रुपमा विकेट गुमाउँदा ५३ रन जोड्दा ८ विकेट गुमायो ।

नेदरल्यान्ड्सका लागि आर्यन दत्तले ३, काइल क्लेन र ड्यानियल डोरमले समान २ तथा पल भान मेकरम र म्याक्स ओडाउडले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन जोडेको थियो ।

नेदरल्यान्ड्सका लागि रायन क्लेनले २५ बलमा नट आउट रहँदै सर्वाधिक ३६ रन बनाए । ओपनर म्याक्स ओडाउडले २२ बलमा २७, काइल क्लेनले १४ बलमा १६ तथा विक्रमजित सिंहले १० बलमा १४ रन बनाए ।

अमेरिकाका लागि हरमित सिंहले ३, जसदिप सिंहले २ तथा यासिर मोहम्मद र शाड्ली भानले समान १ विकेट लिए ।

नेदरल्यान्ड्सले सिरिजमा खेलेको ४ मध्ये ३ खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा रहँदै च्याम्पियन भएको छ ।

नेदरल्यान्ड्स क्यानडासँग पराजित भएको थियो । अमेरिका र क्यानडाले समान १ बराबरी र १ जित हात पारेका छन् ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]