वर्षाले बिथोलियो नेदरल्याण्डसंगको टि-२०, एमसीसी ९ विकेटले पराजित

Nepal vs Netherlands
  • विकेटनेपाल, साउन १३ 

लर्ड्स क्रिकेट मैदानमा नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लबसंग ( एमसीसी ) ऐतिहासिक त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको छ भने नेदरल्याण्डसंगको टि-२० अन्तर्राष्ट्रिय भने वर्षाको कारण नतिजाबिहिन टुंगिएको छ।

लगातार वर्षाको कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि एमसीसीले नेपाल र नेदरल्याण्डसंग ६/६ ओभरको खेल खेलेको थियो भने नेदरल्याण्डसंगको खेल भने पुरा खेलाउने निर्णय भएको थियो।

महेला जयवर्धनेको कप्तानीमा रहेको एमसीसीले पहिलो खेलमा नेदरल्याण्डसंग १० रनको पराजय बेहोर्यो। त्यसपछि दोश्रो खेलमा नेपालसंग ९ विकेटले पराजित भयो।  स्कोरकार्ड 

टस जितेर पहिले फिल्डिंग रोजेको नेपालले एमसीसीलाई ६ ओभरमा ४० रन मात्रै बनाउन दियो। ४ विकेट गुमाएर ४० रन बनाएको एमसीसीको लागि कप्तान महेला जयवर्धनेले ओपनिङ्ग ब्याटिंग गर्दै अविजित २४ रन बनाए। ४२ रनको लक्ष्य नेपालले ४.४ ओभरमा १ विकेट गुमाएर भेट्यो जुन क्रममा ओपनर सुवास खकुरेलले १६, ज्ञानेन्द्र मल्लले १२ तथा अनिल साहले ९ रन बनाए। यस अघि बलिङ्गतर्फ नेपालको लागि सोमपाल कामिले २ विकेट तथा शक्ति गौचनले १ विकेट लिएका थिए।

नेदरल्याण्डसंगको खेल नतिजा बिहिन  ( स्कोरकार्ड )

नेपालको इतिहासको ११ औं टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा खेल बारम्बार वर्षाले बिथोलिएपछि पहिलो इनिंगको अन्तिममा रद्द हुनपुग्यो।

टस जितेर नेपालले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको नेदरल्याण्डले १६.४ ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो। वर्षाको कारण १८ ओभरमा झारिएको इनिंगमा नेदरल्याण्डले विस्फोटक ब्याटिंग गर्यो।  वेसले बारेसीले ४४ तथा रायन टेन डोसेट र माइकल रिप्पनले समान ३८ रन बनाए भने स्कट एडवर्ड्सले ३४ रन बनाए।

नेपालको बलिङ्गतर्फ सोमपाल कामि, बसन्त रेग्मी र करन केसीले समान १ विकेट लिए। महँगो साबित भएका नेपाली बलरहरु मध्ये सन्दिप लामिछानेले ४ ओभरमा ४३ रन खर्चिए।

त्रिकोणात्मक सिरिज पछि नेपालले अगस्ट १ र ३ तारिकमा नेदरल्याण्डमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]