नेदरल्याण्डसंग नेपाल ४५ रनले पराजित

Nepal Cricket Team
  • विकेटनेपाल, चैत ३ 

आईसीसी बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले सातौँ स्थानको लागि सम्पन्न खेलमा नेदरल्याण्डसंग ४५ रनको हार बेहोरेको छ। यो संगै नेपालले प्रतियोगिताको आठौं स्थानमा रहँदै अन्त्य गरेको छ। सुपर सिक्स चरण प्रवेश गर्न असफल भएपछि नेपालले प्लेअफमा पपुवा न्यु गिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पक्का गरेपनि अर्को एकदिवसीय राष्ट्रसंग जित हाँसिल गर्ने अवसर गुमाउन पुग्यो। नेदरल्याण्डले सातौँ स्थान हाँसिल गर्यो ।

नेदरल्याण्डले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४४ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गर्यो। ओपनर ज्ञानेन्द्र मल्ल ४ र अनिल साह ८ रन बनाएर आउट भए। नेपालको नियमित विकेट गुमाउने क्रम रोकिएन र कप्तान पारस खड्का २२रन ( ३८ बल, ३ चौका ) बनाएर आउट भएको केहि समयमा आरिफ शेख पनि ५ रन बनाएर आउट भए। लगत्तै रोहित पौडेल खाता नखोल्दै आउट हुँदा नेपालको २१ औं ओभरमा ६१/५ पुग्यो।

सम्हालेर ब्याटिंग गरिरहेका दिपेन्द्र ऐरीले पनि २५ रन बनाएर विकेट गुमाउदा धरासायी बनेको इनिंगमा शक्ति गौचन ( ० ) ले योगदान दिन सकेनन्। ७६/७ को अवस्थाबाट सोमपाल कामि र करन केसीले स्कोर १०० रन पार गराए। तर चमत्कार गर्ने आशालाई करनले पनि पुरा गर्न सकेनन् र १३ रनको स्कोरमा आउट हुन पुगे। सोमपालले पनि ३६ रन ( ५३ बल, ३ चौका र १ छक्का ) बनाएर विकेट गुमाउन पुगेपछि नेदरल्याण्डको जितको पर्खाई लम्ब्याउन अन्तिम विकेटको लागि सन्दिप लामिछाने र ललित राजबंशीले १७ रनको साझेदारी गरे।

४४.४ ओभरमा १४४ रनमा नेपालले सम्पूर्ण विकेट गुमाउन पुग्यो। सन्दिप १ चौका प्रहार गर्दै १४ रनमा अविजित रहे भने ललित २ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भए।

एकदवसीय राष्ट्रको मान्यता पाएर हौसिएको नेपाली टिमलाई निराश बनाउन लेफ्ट आर्म स्पिनर भान डर मर्वेले उत्कृस्ट बलिंग गरे र पारस खड्का, रोहित पौडेल, अनिल साह र करन केसीलाई पेभेलियन फर्काए। ४ विकेट लिन उनले १० ओभरमा १ मेडन ओभर गर्दै २० रन मात्रै खर्चिए। फ्रेड क्लासेन र पिटर सिलरले २/२ विकेट लिए।

नेदरल्याण्डको ब्याटिंग

टस जितेर ब्याटिंग रोजेको नेदरल्याण्डले खराब सुरुवात गर्यो र पहिलो ४ विकेट ४८ रनको योगफलमै गुमाउन पुग्यो। वेसले बारेसी र बेन कुपर खाता नखोल्दै सोमपालको बलमा दुवै जना आरिफ शेखको हातबाट क्याच समातिन पुगे। जसपछि कप्तान पिटर बोरेन ७ रनमा सोमपालकै बलमा क्याच आउट हुन पुगे भने म्याक्स ओ दाउड २८ रन बनाएर सन्दिप लामिछानेको बलमा बोल्ड भए।

बास डी लिडे र रे भान डर मर्वेले पाँचौ विकेटको लागि ४१ रनको साझेदारी गर्दै इनिंग उकास्ने प्रयास गरेतापनि मर्वेलाई ( २५ रन ) राजबंशीले आउट गर्दै साझेदारी तोडे। त्यसपछि लिडेले छैठौं विकेटको लागि स्कट एडवार्डससंग ४१ रनको साझेदारी गरे। एडवार्ड पनि राजबंशीको शिकार भएपछि नेदरल्याण्डले पुनः लगातर विकेट गुमाउन पुग्यो। ४ चौका मदतले ९१ बलमा ३९ रन बनाएका लिडेलाई सोमपालले विकेटकिपर अनिल साहको हातबाट क्याच आउट गराए।

Shakti Gauchan
बलिंग गर्दै शक्ति गौचन

८ विकेट १४४ रनको योगफलमा गुमाएपछि नेदरल्याण्डको तल्लो क्रमका ब्याट्सम्यानद्वय पिटर सिलर र शेन सन्याटरले नवौं विकेटको लागि ३७ रनको साझेदारी गर्दै स्कोर २०० नजिक पुर्याए। शक्ति गौचनले सिलरलाई अन्तिम ओभरमा २३ रनमा आउट गरे।

पुरै ५० ओभरमा नेदरल्याण्डले ९ विकेट गुमाएर १८९ रन बनाउन सक्यो।

नेपालको लागि सोमपाल कामिले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर सहित २४ रन खर्चिए। सन्दिप लामिछानेले २ विकेट ( १०-१–२ ) तथा ललित राजबंशीले २ विकेट ( १०-१-३९-२ ) लिए। प्रतियोगितामा पहिलो खेल खेलेका शक्ति गौचनले ८ ओभर बलिंग गर्दै ३६ रन खर्चेर १ विकेट लिए।

Nepal Cricket Team
Nepal Cricket Team





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]