रोहित पौडेलको नयाँ किर्तिमान, नेपाल पहिले ब्याटिंग गर्दै

  • विकेटनेपाल, १८ साउन 

ऐतिहासिक एक दिवसीय शृंखला अन्तर्गत नेदरल्याण्ड बिरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको छ। यसअघि बुधवार सम्पन्न पहिलो खेलमा नेपाल घरेलु टोलि नेदरल्याण्डसंग ५५ रनले पराजित भएको थियो।

नेदरल्याण्ड बिरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा सुबाश खकुरेल, ललित भण्डारी र रोहित कुमार पौडेलले स्थान बनाएका छन्। सबै तिन खेलाडीको यो एक दिवसीय डेब्यु समेत हो।

यसैबीच रोहित कुमार पौडेल एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने चौथो कान्छा खेलाडी बनेका छन्। शुक्रवार १५ बर्ष ३३५ दिन पुगेका रोहित अन्डर १९ बाट उदाएका नेपाली खेलाडी हुन्।

एक दिवसीय क्रिकेटमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडीभने पाकिस्तानका हसन राजा रहेका छन्। जिम्बाबे बिरुद्धको खेलमा राजाले १४ बर्ष २३३ को उमेरमा डेब्यु गरेका थिए। यस्तै यो सुचिमा केन्याका गुर्दिप सिंह र तेस्रोमा क्यानाडाका नितिश कुमार रहेका छन्।

Rohit Poudel
नेदरल्याण्ड भ्रमण अघि टि.यु मैदानमा अभ्यास गर्दै रोहित पौडेल

रोहितले राष्ट्रिय टोलीबाट केहि महिना अघि नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ बाट डेब्यु गरेका थिए। सन् २०१६ को अन्डर-१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट राष्ट्रिय टोलिसम्मको बाटो बनाएका रोहित एक कुशल ब्याट्सम्यान हुन् भने मिडियम पेस बलिंग र राम्रो फिल्डिंग समेत गर्नेगर्छन्। राष्ट्रिय टोलिको क्याप लिएपछि पछिल्लो केहि समय उत्कृस्ट लयमा देखिएका रोहित एक आक्रामक ब्याट्सम्यानका रुपमा परिचित छन्। आफ्नो एकल प्रयासमा खेल जिताउने क्षमता रोहितमा रहेको छ। गत सिजन सम्पन्न एभरेष्ट प्रिमियर लिगमा समेत उत्कृस्ट ब्याटिंग गरेका रोहितले त्यसकै बलमा रास्ट्रिय टोलिसम्मको बाटो निर्धारण गरेका हुन्। सन् २०१६ को अन्डर १९ एसिया कपमा भारत बिरुद्ध उनले आक्रामक ब्याटिंग गर्दै रोहितले ६८ रन जोडेका थिए। त्यस खेलमा रोहितले भारतीय बलर कमलेश नगरकोटीको अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गर्दै २४ रन हिर्काएका थिए। अन्तिम संस्करणको यु-१९ बिश्वकपमा प्रभावशाली बलिंग गरेपछि नगरकोटीलाई आईपीएल टिम कोलकाता नाइट राइडर्सले ३.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy