नेत्रहीन टी-२० विश्वकप : नेपाल भारतसँग भिड्ने

आगामी डिसेम्बर ४ देखि १७ (मंसिर ५ देखि १९ सम्म) भारतमा आयोजना हुने नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

क्रिकेट एसोसिएसन फर ब्लाइन्ड इन इन्डियाले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले डिसेम्बर ६ मा पहिलो खेल खेल्नेछ । उक्त खेल हरियानास्थित फरियावादमा हुनेछ ।

नेत्रहीन टी-२० विश्वकपमा नेपाल र भारतसँगै अस्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश गरी कूल ७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलअघि डिसेम्बर ५ मा दिल्लीको गुरगाउँमा विश्वकपको उद्घाटन हुनेछ भने फाइनल डिसेम्बर १७ मा बेंगलोरमा हुनेछ ।

सिङ्गल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगको शीर्ष स्थानमा रहने टिम र चौथो हुने टिमबिच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घले यसअघि विश्वकपमा लागि खिमानन्द गैरेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।नेत्रहीन टी-२० विश्वकपमा सहभागी हुन १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आउने आइतबार भारत प्रस्थान गर्नेछ ।

नेपालले यसअघि भएको २०१२ र २०१७ मा नेत्रहीन टी-२० विश्वकप खेलिसकेको छ भने २०१८ मा नेत्रहीन एक दिवसीय विश्वकप समेत खेलेको थियो । तेस्रो पटक हुन लागेको नेत्रहीन टी-२० विश्वकपको ब्रान्ड एम्बासडरमा भारतीय क्रिकेट टिमका पूर्व अलराउण्डर युवराज सिंह छन् ।





थप समाचार

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]

एनपीएल : जनकपुर लगातार ४ खेल जित्दा लुम्बिनीको चौंथो हार

रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित […]

एनपीएल : रोमाञ्चक खेलमा कर्णालीद्वारा बिराटनगर पराजित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलमा कर्णालीले […]

एनपीएलमा सुदूरपश्चिम रोयल्सको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले लगातार तेस्रो हार बेहोरेको छ । सुरुआती दुई खेल गुमाएको लुम्बिनी तेस्रो खेलमा […]

एनपीएल : पोखरालाई पराजित गर्दै जनकपुरको लगातार तेश्रो जित

जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा […]

एनपीएल : काठमाडौँ र बिराटनगर विजयी

नेपाल प्रिमियर लिग अन्तर्गत आज सम्पन्न दुई खेलमा काठमाडौँ गुर्खाज र बिराटनगर किंग्स विजयी भएका छन्। दुवै टिमको यो पहिलो […]