कप्तान मल्लको अर्धशतक, नेपालद्वारा अमेरिकालाई सामान्य लक्ष्य

आईसीसी विश्वकप लिग -२ अन्तर्गत ओमान, नेपाल र अमेरिका बीच त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो तेश्रो खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ। मस्कटको अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७४ रन बनाउदै नेपाललाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर आसिफ शेख तेश्रो ओभरमा ३ रन बनाएर आउट भए पछि दोश्रो विकेटको लागि कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले ५१ रनको सझेअदारी गरे। ४३ बलमा ५ चौका र १ छक्का मद्दतले ३६ रन बनाएका भुर्तेल १२ औं ओभरमा आउट भए। त्यसपछि रोहित पौडेल २ तथा बिनोद भण्डारी मात्र १० रन बनाएर आउट भए।

८९/४ को अवस्थामा नेपालले डेब्यु गरिरहेका देब्रे हाते ब्याट्सम्यान गुल्सन झालाई छैठौं नम्बरमा पठायो। कप्तान मल्लले झासंग पाँचौ विकटको लागि ५१ रन जोडे। ५३ बलमा २ चौका र १ छक्का मद्दतले २८ रन बनाएका झालाई अमरिकी कप्तान सौरभ नेत्रभाल्करले ३९ औं ओभरमा क्याच आउट गराए। लगत्तै नेत्रभल्करले खाता नखोल्दै कुशल मल्ल, २ रन बनाएका सोमपाल कामि तथा १२ रन बनाएका करन केसीलाई पेभेलियन फर्काए। तिनै जना क्याच आउट भए।

धैर्यतापूर्वक ब्याटिंग गर्दै अर्धशतक पुरा गरेका कप्तान मल्ल ४६ औं ओभरमा कायल फिलिपबाट क्याच आउट भए। त्यस अघि उनले १०५ बलमा ३ चौका मद्दतले ५५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रियमा १५ औं खेल खेल्ने क्रममा मल्लको यो तेश्रो अर्धशतक हो। यस अघि उनले ओमान बिरुद्ध गत वर्ष घरेलु मैदानमा ५६ तथा २०१८ मा नेदरल्याण्ड बिरुद्ध ५१ रन बनाएका थिए। मल्लको विकेट पछि अन्तिम विकेटको रुपमा आउट हुनु अघि सन्दिप लामिछानेले ११ रन बनाए।

अमेरिकाको बलिंगमा कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ९ ओभरमा २९ रन खर्चिए। नेत्रभाल्करको स्पेल नेपाल बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वोत्कृष्ट बलिंग स्पेल हो। यस अघि उत्कृस्ट स्पेलको रेकर्ड ओमानका अकिब इल्यासको नाममा थियो जसले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै डेब्यु गरिरहेका कायल फिलिपले ३ विकेट ( ९-१-४३-३ ) तथा करिमा गोरे ( ८-२-२९-१ ) , एल्मोर हचकिन्सन ( ४-०-१३-१ ) र नोस्थुश केंजिगे ( ८-०-२०-१ ) ले समान १ विकेट लिए।

खेलमा नेपालले बिक्रम सोबको स्थानमा गुल्सन झालाई अन्तिम एघारमा मौका दिएको छ। झा नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गर्ने २७ औं खेलाडी हुन्।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानले नेपाललाई ५ विकेटले पराजित गरेको थियो। आज नेपालले अमेरिकालाई पराजित गरेको खण्डमा नेपाल विश्वकप लिग-२ अंकतालिकाको चौथों स्थानमा पुग्न सक्नेछ। हाल चौथों नम्बरमा नामिबिया ८ अंक सहित छ भने पाँचौ स्थानमा रहेको युएईको ७ अंक रहेको छ। नेपाल ६ अंक सहित छैठौं स्थानमा छ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]