क्यानद्वारा पुरुष र महिला खेलाडीको नयाँ वर्गीकरण, बसन्त ‘ए’ मा उक्लिदा सोमपाल ‘बि’ श्रेणीमा ( कसले कति तलव पाउनेछन् )

नेपाल क्रिकेट संघ ( क्यान ) को चितवनमा मंगलबार बसेको बोर्ड बैठकले राष्ट्रिय पुरुष तथा महिला खेलाडीहरुको नयाँ वर्गीकरण गरेको छ। वर्गीकरण अनुसार खेलाडीहरुले जनवरी २०२० बाट तलब दिईनेछ। बैठकले क्यानको साधारणसभा असोज २८ गते गर्ने पनि निर्णय गरेको छ। क्यान निर्वाचनको झण्डै एक वर्ष पुग्न लागेको अवस्थामा बोर्ड बैठक बसेको हो।

बसन्त ‘ए’ श्रेणीमा फर्किए, सोमपाल ‘बि’ मा , ललित बाहिर   

यस अघि वर्ष २०१९ को तलब दिन गरिएको वर्गीकरणमा ग्रेड ‘बि’ मा राखिएका भेट्रान राष्ट्रिय क्रिकेटर बसन्त रेग्मीलाई नयाँ वर्गीकरणमा ‘ए’ ग्रेडमा राखिएको छ। रेग्मीले अन्तिम पटक राष्ट्रिय टिमको लागि गत वर्ष जुलाईमा टि-२० विश्वकप एसिया छनौट खेलेका थिए।

यस अघिको वर्गीकरणमा ‘ए’ ग्रेडमा रहेका फास्ट बलर सोमपाल कामिलाई भने ‘बि’ ग्रेडमा राखिएको छ।  सोमपाल घाइते हुँदा यो वर्ष विश्वकप लिग-२ र एसीसी इस्टर्न रिजन टि-२० मा टिममा थिएनन्। अन्तिम पटक उनि गत वर्ष दक्षिण एसियाली खेलकुदमा टिममा रहेका थिए।

फास्ट बलर सोमपाल कामि ‘बि’ श्रेणीमा झरेका छन् भने बसन्त रेग्मी ‘ए’ श्रेणीमा उक्लेका छन्

रेग्मी सहित ‘ए’ ग्रेडमा कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दिप लामिछाने, बिनोद भण्डारी, शरद भेसावकर, करन केसी र  दिपेन्द्र ऐरी गरि ८ जना रहेका छन्। ‘बि’ ग्रेडमा सोमपाल सहित सुशन भारि, आरिफ शेख र पवन सर्राफ गरि ४ जना रहेका छन्। यस अघि ‘बि’ ग्रेडमा रहेका फास्ट बलर अविनाश बोहरालाई ‘सी’ ग्रेडमा झारिएको छ।

देब्रे हाते स्पिनर ललित राजबंशीलाई कुनै पनि श्रेणीमा राखिएको छैन। राजबंशी यस अघि ‘बि’ ग्रेडमा रहेका थिए। देब्रे हाते स्पिनर यो वर्ष नेपालमा आयोजित विश्वकप लिग-२ मा टिममा रहेका थिए र अमेरिका बिरुद्ध अन्तिम-११ मा रहे पनि बलिंग भने गरेका थिएनन्। राजबंशी त्यस अघि गत वर्ष डिसेम्बरमा नेपालमा आयोजित दक्षिण एसियाली खेलकुदमा टिममा रहेका थिए जुन क्रममा ४ खेलमा बलिंग गर्दा ६ विकेट लिएका थिए।

यस्तै ‘सी’ ग्रेडमा सुबास खकुरेललाई राखिएको छ। यो वर्ष विश्वकप लिग-२ मा शरद भेसावकर घाइते हुँदा राष्ट्रिय टिममा कम्ब्याक गरेका खकुरेल २०१९ को वर्गीकरणमा थिएनन्। ‘सी’ ग्रेडमा खकुरेल सहित रोहित पौडेल, कुशल मल्ल, राशिद खान, अविनाश बोहरा र कमल ऐरी गरि ६ जना क्रिकेटर रहेका छन्। यस अघि ‘सी’ ग्रेडमा रहेका इशान पाण्डे, कुशल भुर्तेल, प्रदिप ऐरी र राजु रिजाल भने ग्रेडबाट बाहिरिएका छन्।

गत महिना २०१९ को तलब वितरण गर्दा गरिएको वर्गीकरणमा रहेका ललित राजबंशी, राजु रिजाल, प्रदिप ऐरी, इशान पाण्डे, सन्दिप जोरा र कुशल भुर्तेल वर्गीकरणमा पर्न सकेनन्। राजबंशी बाहेक अन्य खेलाडीले २०२० मा नेपालले खेलेको २ वटा प्रतियोगितामा नेपालको लागि खेलेका थिएनन्।

देब्रे हाते स्पिनर ललित राजबंशीलाई वर्गीकरणमा समाबेश गरिएको छैन

‘ए’ ग्रेडमा रहेका ८ जना खेलाडीहरुले मासिक ५० हजार, बि ग्रेडमा रहेका ४ जनाले मासिक ४० हजार तथा सी ग्रेडमा रहेका ६ जनाले मासिक ३० हजार पाउनेछन्। कुल १८ जना पुरुष क्रिकेटरहरुलाई क्यानले नयाँ ग्रेडमा समावेश गरेको छ। यस अघि २०१९ मा ‘ए’ श्रेणीकाले मासिक ४५ हजार, ‘बि’ श्रेणीकाले ३५ हजार मासिक तथा ‘सी’ श्रेणीकाले २५ हजार मासिक पाएका थिए।

‘ए’ ग्रेड ( ५० हजार मासिक ) :  ज्ञानेन्द्र मल्ल, पारस खड्का, बसन्त रेग्मी, शरद भेसावकर, बिनोद भण्डारी, करन केसी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी

‘बि’ ग्रेड ( ४० हजार मासिक ) :  सोमपाल कामि, सुशन भारि, आरिफ शेख, पवन सर्राफ

‘सी’ ग्रेड ( ३० हजार मासिक ) : सुबास खकुरेल, रोहित पौडेल, अविनाश बोहरा, कुशल मल्ल, राशिद खान र कमल सिंह ऐरी

महिला राष्ट्रिय क्रिकेटरको पनि पहिलो पटक वर्गीकरण

क्यानले पहिलो पटक महिला राष्ट्रिय क्रिकेटरहरुलाई पनि वर्गीकरण गरेको छ। कुल १९ जना महिला क्रिकेटरहरुलाई ३ वटा श्रेणीमा बिभाजन गरीएको छ।

वर्गीकरण अनुसार ‘ए’ श्रेणीमा कप्तान रुबिना क्षेत्री सहित नेरी थापा, इन्दु बर्मा, सिता रानामगर र करुणा भण्डारी रहेका छन्। यस्तै ‘बि’ श्रेणीमा सरिता मगर, ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ रहेका छन्। सी श्रेणीमा कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द र शोभा आले रहेका छन्।

महिला क्रिकेटरतर्फ ‘ए’ श्रेणीका खेलाडीहरुले  मासिक १५ हजार, बि श्रेणीकाले मासिक १२ हजार तथा सी श्रेणीकाले मासिक १० हजार रुपैयाँ पाउनेछन्।

साग महिला क्रिकेटमा विश्व रेकर्ड बनाएकी बलर अन्जली चन्दलाई ‘सी’ श्रेणीमा राखिएको छ

दक्षिण एसियाली खेलकुद महिला क्रिकेटमा विश्व रेकर्ड बनाएकी बलर अन्जली चन्दलाई क्यानले ‘सी’ श्रेणीमा राखेको छ। अन्जलीले प्रतियोगितामा माल्दिभ्स बिरुद्ध कुनै पनि रन नखर्ची ६ विकेट लिएकी थिईन्।

नेपालको लागि अन्तिम पटक २०१९ फेब्रुअरीमा टि-२० विश्वकप छनौटमा टिममा स्थान बनाएकी पूर्व कप्तान नेरी थापालाई ‘ए’ श्रेणीमा राखिएको छ। नेरी दक्षिण एसियाली खेलकुदमा टिममा थिईनन्। ‘ए’ श्रेणीमा राष्ट्रिय टिमका अन्य नियमित खेलाडीहरु  सिता राना मगर, इन्दु बर्मा र करुणा भण्डारी रहेका छन्। यस्तै नियमित राष्ट्रिय क्रिकेट टिमकी ओपनिंग फास्ट बलर सोनु खड्कालाई भने ‘सी’ श्रेणीमा राखिएको छ। अर्का नियमित राष्ट्रिय क्रिकेट टिमकी अलराउण्डर सरिता मगरलाई पनि ‘बि’ श्रेणीमा राखिएको छ।

महिला राष्ट्रिय क्रिकेट टिमले गत वर्ष डिसेम्बरमा पोखरामा आयोजित दक्षिण एसियाली खेलकुद महिला क्रिकेटमा अन्तिम पटक सहभागिता जनाएको थियो। नेपालले तेश्रो स्थान हाँसिल गर्दै कास्य पदक जितेको थियो।

सम्बन्धित 

क्यान बैठकको ९ निर्णय, डिसेम्बरमा अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने

क्यानले वितरण गर्यो खेलाडीहरुको २०१९ को तलब, कसले कति रकम पाए

नेरी थापा जसको नाममा दर्ता छ टि-२० अन्तर्राष्ट्रियको विश्वकै चौथो उत्कृस्ट स्पेल

देभदत्त पडीक्कल : नजिकबाट चिन्नुस आईपीएल २०२० मा आरसीबिका नयाँ ओपनरलाई





थप समाचार

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]