दक्षिण अफ्रिकाका अल-राउण्डर कोलिन एकरम्यानले टि-२० क्रिकेटमा नयाँ विश्व किर्तिमान बनाएका छन्।
बुधबार राति सम्पन्न इंग्ल्याण्डको टि-२० घरेलु प्रतियोगिता भाइटालिटि टि-२० ब्लास्ट अन्तर्गत लिसेस्टरसायर र बर्मिन्घम बियर्स बीचको खेलमा पार्ट टाइम अफ स्पिनर एकरम्यान एक्लैले ७ विकेट लिएपछि नयाँ किर्तिमान कायम भएको हो।
यस अघि टि-२० र टि-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा कसैले पनि ६ विकेट भन्दा बढी विकेट लिन सकेका थिएनन्। टि-२० अन्तर्राष्ट्रियमा श्रीलंकन स्पिनर अजन्था मेन्डिसले जिम्बाबे बिरुद्ध २०१२ मा ८ रन दिएर लिएको ६ विकेट सबैभन्दा उत्कृस्ट स्पेल थियो। मेन्डिसले अस्ट्रेलियासंग २०११ मा १६ रन दिएर ६ विकेट लिएका थिए भने तेश्रो उत्कृस्ट भारतका युझभेन्द्र चाहलले इंग्ल्याण्ड बिरुद्ध २०१७ मा २५ रन दिएर ६ विकेट लिएका थिए। मेन्डिस र चहल बाहेक टि-२० अन्तर्राष्ट्रियमा अन्य कुनै बलरले ६ विकेट लिन सकेका थिएनन्।
समग्र टि-२० खेलमा भने ६ विकेट निकै पटक लिईएको भएता पनि ७ विकेट भने कुनै बलरले लिन सकेको थिएन।
खेलमा टस जितेर ब्याटिंग गरेको लिसेस्टरसायरले २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो। जवाफमा १९० रनको लक्ष्य पछ्याउने क्रममा बर्मिन्घमले १७.४ ओभरमा १३४ रनमा सबै विकेट गुमाउन पुग्यो र खेल ५५ रनले हार्यो। ब्याटिंगमा एकरम्यानले ४ रन मात्रै बनाउन सकेका थिए।
७ विकेट लिने क्रममा कोलिन एकरम्यानले १८ रन खर्चिए। स्पेलको पहिलो ओभर तेश्रो ओभरमा गरेका उनले त्यस ओभरमा ८ रन खर्चेर १ विकेट लिएका थिए। त्यसपछि सातौँ ओभरमा दोश्रो ओभर बलिंग गर्ने क्रममा उनले ५ रन खर्चेर विकेट विहिन रहे। ८ ओभर पछि तेश्रो ओभर बलिंग गर्न आएका उनले ओभरको पहिलो, तेश्रो र पाँचौ बलमा विकेट लिए। उक्त ओभरमा २ रन खेर्चेर उनले ३ विकेट लिए। १७ औं ओभरमा स्पेलको अन्तिम ओभर गरेका उनले त्यस ओभरको पहिलो, चौथो र छैठौं बलमा विकेट लिंदै स्पेल ४-०-१८-७ मा पुरा गरेका थिए।
0️⃣3️⃣4️⃣W0️⃣1️⃣0️⃣1️⃣1️⃣1️⃣1️⃣1️⃣W2️⃣W0️⃣W0️⃣W1️⃣1️⃣W1️⃣W
Colin Ackermann takes 7/18 – the best bowling figures in T20 history
➡️ https://t.co/afo2WOG7iX pic.twitter.com/BLgpf0H2F1
— Vitality Blast (@VitalityBlast) August 7, 2019
२८ वर्षीय एकरम्यानले बर्मिन्घमका ३ जना ब्याट्सम्यानलाई बोल्ड गरे भने ४ जना क्याच आउट भए। ७ विकेट लिंदा एक समय ११४/२ को स्थितिमा रहेको बर्मिन्घमले थप २० रन जोड्दा बाँकी ८ विकेट गुमाउन पुगेको थियो।
देश-देश बीच खेलिने खेलले टि-२० अन्तर्राष्ट्रिय मान्यता पाउने गर्छ भने टेस्ट राष्ट्रहरुको सर्वोच्च टि-२० लिगहरुको खेल टि-२० मा गनिने गर्छ। आईपीएल, बिग ब्यास जस्ता प्रतियोगिताहरु टि-२० मान्यता प्राप्त हो।
यस भन्दा अघि टि-२० मा सबैभन्दा उत्कृस्ट बलिंग स्पेल अरूल सुप्पियाको थियो जसले २०११ मा इंग्ल्याण्डको सर्वोच्च टि-२० प्रतियोगितामा समरसेटबाट खेल्दै ग्ल्यामोर्गन बिरुद्ध ३.४ ओभरमा ५ रन दिएर ६ विकेट लिएका थिए।
? | Colin Ackermann claimed the world’s best T20 figures to lead his Leicestershire Foxes side to a superb 55-run @VitalityBlast win against Birmingham Bears in front of the @SkyCricket cameras ?
Read more here ➡️ https://t.co/xuXjACCyhc
? #FoxesUnleashed pic.twitter.com/XDq7c2U4ye
— Leicestershire CCC (@leicsccc) August 7, 2019
टि-२० अन्तर्राष्ट्रियमा नेपाली बलरको सबैभन्दा उत्कृस्ट स्पेल बसन्त रेग्मीको रहेको छ। उनले हंगकंग बिरुद्ध २०१५ मा १६ रन खर्चेर ४ विकेट लिएका थिए। दोश्रो उत्कृस्ट अविनाश बोहरा हुन् जसले सिंगापुर बिरुद्ध यसै महिना टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा ३५ रन खर्चेर ४ विकेट लिएका थिए। बसन्त र अविनाश बाहेक अन्य नेपाली बलरले टि-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ४ विकेट लिन सकेका छैनन्।
