सन्दीपको ठाउँमा नयाँ कप्तानबारे आज टुङ्गो लगाउँदै क्यान

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान शुक्रबार टुङ्गो लाग्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले साँझसम्म नयाँ कप्तानको टुङ्गो लाग्ने बताए । नेपालले युएईसँग शृंखला खेल्नुअघि नयाँ कप्तानबारे निर्णय हुन लागेको हो । मल्लका अनुसार शुक्रबार छनोट समितिको बैठक बस्दैछ ।

बलात्कारको आरोप लागेका कारण तत्कालीन कप्तान सन्दीप लामिछानेलाई क्यानले निलम्बन गरेपछि उक्त पद रिक्त छ । सन्दीप मुद्दा पुर्पक्षका लागि थुनामा छन् ।

सन्दीप गत पुसमा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासन कारबाही गर्दै पदबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिइएको थियो । त्यतिवेला दीपेन्द्रसिंह ऐरीलाई पनि कारबाही गर्दै उपकप्तानबाट हटाइएको थियो ।

ऐरीको स्थानमा रोहित पौडेलले उपकप्तानको जिम्मेवारी दिइएको थियो । पछिल्लो राष्ट्रिय टोलीमा दीपेन्द्र, ज्ञानेन्द्र र रोहित तीनै जना थिए । स्रोतका अनुसार यीमध्ये एक जनालाई कप्तानको जिम्मेवारी दिइनेछ । कार्यवाहक सचिव मल्लले पछिसम्मलाई हेरेर कप्तान नियुक्त गरिने बताए । ‘अहिलेको कप्तान युएईसँगको खेलका लागि मात्र होइन’, उनले भने ।

काठमाडौँमा अहिले एकदिवसीय स्वरूपको प्रधानमन्त्री कप क्रिकेट भइरहेको छ । नेपालसँग खेल्न युएईको टोली शनिबार आइपुग्ने क्यानले जनाएको छ । नेपाल र युएईबिच कात्तिक २८, ३० र मंसिर २ गते तीनवटा एकदिवसीय खेल हुँदैछ ।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]