चिन्नुस नेपाली क्रिकेट टिमका नयाँ प्रशिक्षक को हुन्

लामो समयको अन्तराल पछि नेपाली राष्ट्रिय क्रिकेट टिमले नियमित प्रशिक्षक पाउने भएको छ। पुर्व प्रशिक्षक श्रीलंकाका पुबुदु दासानायकेले २०१५ मा नेपाली क्रिकेट टिमको प्रशिक्षण पद छोडेको ४ वर्षपछि बल्ल नेपालले प्रशिक्षक पाउने भएको हो।

राष्ट्रिय खेलकुद परिषदले उमेश भारतीय प्रशिक्षक उमेश पटवाललाई नेपाली टिमको प्रशिक्षकको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रशिक्षण बापत पटवालले ७ हजार अमेरिकी डलर मासिक पाउनेछन् जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले उपलब्ध गराउनेछ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उमेश पटवाललाई प्रशिक्षक घोषणा गरिएको हो। भारत मुम्बईका पटवाल आजै दिउसो काठमाडौँ आएका हुन्।

आजै पटवालले सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहे पनि सदस्य सचिब केशव विस्ट कार्यक्रममा उपस्थित नहुँदा हस्ताक्षर भने हुन पाएन। कार्यक्रममा राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्का र व्यवस्थापक रमन शिवाकोटी उपस्थित थिए।

पटवालको सम्झौता जुन १० देखि सुरु हुनेछ र २०२० जुन १० तारिखमा सकिनेछ। प्रशिक्षण वापत उनले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन्।

नियमित प्रशिक्षक नरहेपनि दासानायकेले सन् २०१६ को विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्डसंगको खेलसम्म नेपालको ब्याटिंग कन्सल्टेन्टको रुपमा बिभिन्न प्रतियोगितामा काम गरेका थिए। पुबुदु सन् २०११ मा नेपालको प्रशिक्षक भएर आएका थिए जसको प्रशिक्षणमा नेपालले २०१४ को टि-२० विश्वकप खेल्यो। यस अघि नेपालको प्रशिक्षक श्रीलंकाकै रोय लुक डायस थिए जसले २००१ देखि २०१० सम्म १ दशक नेपालमा बिताए।

को हुन पटवाल ? 

अफगानिस्तानको बिगत 

४६ वर्षीय पटवालले सन् २०१० को बिश्वकप छनौटमा पहिलो पटक अफगानिस्तान टिमलाई सघाएका थिए।सन् २०१४ को बंगलादेशमा सम्पन्न एसिया कप तथा २०१४ टि-२० बिश्वकपको दौरान अफगानिस्तान क्रिकेट टिमको ब्याटिंग प्रशिक्षक रहेका पटवाल भारत मुम्बईका हुन्। उनि २०१५ बिश्व कपमा पनि अफगानिस्तान टिमको ब्याटिंग प्रशिक्षक रहेका थिए। पटवाल अफगानिस्तानमा गत वर्ष सम्पन्न श्पागिजा क्रिकेट लिग प्रतियोगिताको विजेता टिम ब्याण्ड ए आमिर ड्रयागनका मुख्य प्रशिक्षक रहेका थिए।

Umesh Paatwal

विश्वकप छनौटबाट नेपालसंगको यात्रा 

गत वर्ष फेब्रुअरीमा नामिबियामा खेलेको डिभिजन-२ प्रतियोगितामा मुम्बईका अर्का प्रशिक्षक सुलक्षन कुल्कर्नी प्रशिक्षक थिए। कुल्कर्नीको प्रशिक्षणबाट नेपाली टिम असन्तुस्ट भए पछि बिश्व कप छनौटमा पटवाललाई आईसीसीले पठाएको थियो।  जिम्बाबेमा सपन्न बिश्वकप छनौट प्रतियोगिताबाट नेपालले एकदिवसीय राष्ट्रियको मान्यता पाएको थियो।

युएई सिरिजको सफलता 

युएईसंग जनवरीमा भएको एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल दुवै सिरिजमा २/१ , २-१ ले विजयी भएको थियो। उक्त सिरिजमा पटवाल नेपालको ब्याटिंग कन्सलटेन्ट रहेका थिए।

त्यस सिरिजमा सन्दिप जोरा, पवन सर्राफ, अविनाश बोहरा जस्ता खेलाडीहरुलाई अन्तिम-११ मा स्थान दिन नडराएका पटवालले ब्याटिंग लाइन अपमा समेत परिवर्तन गरेका थिए।

Umesh Patwal
Umesh Patwal

ज्ञानेन्द्र मल्ललाई एकदिवसीयमा मात्र ओपनिंग गर्न लगाएका थिए भने टि-२० मा पारस खड्कालाई ओपनिंग गर्न पठाएका थिए। यस्तै सोमपाल कामिलाई चौथो नम्बरमा ब्याटिंग गर्न समेत पठाउनुले नयाँ प्रयोग गर्न नहिच्किचाउने प्रशिक्षकको रुपमा पटवाललाई लिन सकिन्छ।

त्यति मात्रै हैन उक्त सिरिजमा स्टार स्पिनर बसन्त रेग्मीलाई ६ खेल मध्ये २ वटा खेलमा मात्रै मौका पाउनुमा पटवालकै मुख्य भूमिका रहेको मानिन्छ।

पारससंगको राम्रो सम्बन्ध 

विश्वकप छनौट प्रतियोगिताबाट नेपाल एकदिवसीय राष्ट्र भएको थियो जुन प्रतियोगितामा पटवाल कन्सलटेन्ट रहंदा नेपाली टिम र अझ पारस खड्कासंग पटवालको सम्बन्ध नजिक भएको थियो।

बिश्वकप छनौट पछि पटवाललाई पारस खड्का संलग्न रहेको क्विन्स इभेन्ट्सले आयोजना गरेको पोखरा प्रिमियर लिगमा प्रतियोगिता निर्देशकको भूमिका दिईएको थियो। पटवाल लिगको दौरान पोखरा आएर काम गरेका थिए। पोखरा प्रिमियर लिग पछि पारसको एभरेस्ट प्रिमियर लिग टिम बिराटनगर वारियर्सको प्रशिक्षकको रुपमा समेत पटवालले काम गरेका थिए। ईपिएलमा भने बिराटनगरले राम्रो प्रदर्शन गर्न सकेन।


पटवाल भारतको भिदर्भ क्रिकेट एसोसिएसन एकेडेमी, ग्लोबल क्रिकेट स्कुल तथा पाएड क्रिकेट क्लब मुम्बईमा समेत प्रशिक्षकको रुपमा सघाउदै आएका छन्।

कडा शैली 

पटवाल प्रशिक्षण गर्ने कडा र रुखो शैलीको कारण चिनिने गर्छन। मुम्बईका पटवाल फिटनेसमा विशेष जोड दिने गर्छन र अनफिट खेलाडीलाई टिममा राख्न चाहदैनन्। युएई सिरिजको दौरान बसन्त रेग्मीलाई उनले टीम बाहिर राखेका थिए जसको कारण फिटनेस रहेको मानिन्छ। पटवालको आगमन पछि युएई टुरमा  सन्दिप जोरा, पवन सर्राफ, अविनाश बोहरा, भिम शार्की जस्ता खेलाडीले नेपाली टिममा स्थान बनाएका थिए।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]