“नेपाललाई ट्वान्टी–२० विश्वकपसम्म पुर्याउनेछु” प्रशिक्षक पटवाल

प्रशिक्षक पुबुदु दासानायकेले २०१५ मा प्रशिक्षण छोडेपछि नेपाली क्रिकेट टिमले नयाँ विदेशी प्रशिक्षक पाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले कार्यव्यस्तता भन्दै पुर्व निर्धारित कार्यक्रममा अनुपस्थित भएपछि राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षक उमेश पटवालसँग हुने भनिएको सम्झौताले शुक्रबार औपचारिकता नपाए पनि पटवाल मुख्य प्रशिक्षक बनेका छन् । जिम्मेवारी सम्हाल्न पटवाल शुक्रवार दिउसो नेपाल आईपुगे।

शुक्रबार राखेप र पटवलबीच सम्झौता हुने कार्यक्रम थियो । तर राखेपका सदस्यसचिव विष्ट अनुपस्थित भएपछि उपस्थित सञ्चारमाध्यमलाई नेपाली टोलीका कप्तान पारस खड्काले पटवालले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्ने जानकारी गराएका थिए ।

Umesh Patwal

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्ने पटवालले शुक्रबार पत्रकारसँगको भेटघाटमा नेपाली क्रिकेट खेलाडीको मिहिनेतले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए ।

‘ब्याटिङ कन्सल्ट्यान्टको रूपमा नेपाल आउँदा मलाई नेपाली खेलाडी धेरैे मिहिनेती लागेको थियो । यही मिहिनेत र उनीहरूको क्रिकेटप्रतिको मोहले मलाई यहाँ तानेको हो,’

नवनियुक्त प्रशिक्षक पटवालले नेपाली टिमलाई विश्वकपसम्म पुर्याउने लक्ष्य रहेको बताए –

‘मेरो प्रशिक्षणमा टोलीलाई ट्वान्टी–२० विश्वकपसम्म पुर्याउनेछु।’

‘पछिल्लो दुई वर्षमा नेपाली क्रिकेटले प्राप्त गरेको सफलतालाई आउँदा दिनमा निरन्तरता दिनेछु । नेपाली खेलाडीको लगाव र मिहिनेतका साथ खेल्छन् । त्यही भएर मैले नेपाल छानेको हुँ,’ प्रशिक्षक पटवालले थपे, ‘अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप पुर्याउने लक्ष्यमा छु ।’

नेपालले जुलाईमा टि-२० विश्वकप छनौट एसिया फाइनल प्रतियोगिता खेल्दै छ जुन प्रतियोगितामा नेपाल विजयी भए नेपाल टि-२० विश्वकप ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। विस्तृतमा पढ्नुस  

राखेपसँग गर्ने भनेको सम्झौता एक वर्ष रहने पटवालले पत्रकार सम्मेलनमा जानकारी दिए । सम्झौताअनुसार नवनियुक्त प्रशिक्षक पटवालले वार्षिक ७ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेकाले नेपालको क्रिकेट गतिविधि आइसिसीले नै हेर्दै आएको छ ।

पटवालको नियुक्तिपछि नेपाली राष्ट्रिय टोलीको स्तर बढ्ने टिम कप्तान पारस खड्काले विश्वास व्यक्त गरे ।

‘सन् २००० पछि नेपाली क्रिकेटमा प्रशासनिक स्तरबाट कुनै पनि त्यस्तै उपलब्धिमूलक काम केही भएको छैन । अहिलेसम्मको सफलता जेजति पायौं त्यो सबै खेलाडी र प्रशिक्षकको मिहिनेतबाट पाएका हौं,’ कप्तान पारस खड्काले भने, ‘एकदिवसीय मान्यता प्राप्त राष्ट्र भएकाले हामी एउटा स्तरमा पुगिसकेका छौं । आउँदा दिनमा अझै राम्रो गर्न आवश्यक छ । नयाँ प्रशिक्षकमार्फत त्यो लक्ष्य पूरा हुने विश्वास लागेको छ ।’

२०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टका रूपमा उनलाई पठाएको थियो । ४६ वर्षका पटवाल गत माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी–२० सिरिज खेल्दा पनि ब्याटिङ कन्सलट्यान्टका रूपमा नेपाली टोलीलाई हेरेका थिए ।

सन २०१० मा अफगानिस्तान टोलीको ब्याटिङलाई हेरेका पटवालले २०१४ मा नै अफगास्तिानको टोलीलाई एसिया कप, ट्वान्टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक रूपमा प्रशिक्षण दिएका थिए ।

यो पनि पढ्नुस – चिन्नुस नेपाली क्रिकेट टिमका नयाँ प्रशिक्षक को हुन्

‘ब्याटिङ कन्सल्ट्यान्टको रूपमा नेपाल आउँदा मलाई नेपाली खेलाडी धेरैे मिहिनेती लागेको थियो । यही मिहिनेत र उनीहरूको क्रिकेटप्रतिको मोहले मलाई यहाँ तानेको हो ।’

गत वर्ष युएई सिरिजको दौरान उमेश पटवाल




थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]