विरगंजमा सुविधासम्पन्न क्रिकेट एकेडेमी “नेसनल स्पोर्ट्स एकेडेमी” को सुरुवात

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका क्रिकेटर उत्पादन गर्ने लक्ष्यका साथ विरगंजमा ‘नेसनल स्पोर्ट्स एकेडेमी’ को सुरुवात गरिएको छ।

ज्ञानदा एकेडेमी विरगंजले संचालनमा ल्याएको क्रिकेट एकेडेमिको उद्घाटन पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले गरे।

उद्घाटन समारोहमा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लगायत राष्ट्रिय क्रिकेटरहरु सोमपाल कामि, करन केसी, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल र अविनाश कर्णको पनि सहभागिता रहेको थियो।

भौतिक पूर्वाधारले सुबिधासम्पन्न एकेडेमीमा ३० जना प्रशिक्षार्थीले आवासीय सुविधा समेत लिन सक्छन्। यस्तै एकेडेमीले निकट भविष्यमा क्रिकेट बाहेकका खेलहरुको प्रशिक्षण समेत प्रदान गर्ने उद्देश्य लिएको छ।

उद्घाटन समारोहमा बोल्दै पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले एकेडमीको सुरुवातले मधेश प्रदेशमा मात्रै नभई देशमै खेलाडी उत्पादन गर्न महत्वपूर्ण कदम भएको बताए। यस्तै ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल राजेन्द्रप्रसाद कोइरालाले एकेडेमीले गुणस्तरमा सम्झौता नगरेको दावी गर्दै खेलाडी उत्पादननै प्रमुख उद्देश्य रहेको प्रस्ट पारे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy