राष्ट्रिय क्रिकेटरहरुको नयाँ ग्रेडिङ सार्वजनिक

नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरूको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड सीमा राखिएको छ ।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड एमा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छिन् ।

ग्रेड ‘ए’ , ‘बि’ र ‘सी’ मा भएका पुरुष क्रिकेटरले मासिक क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ मासिक पाउनेछन्। यस्तै महिलातर्फ ‘ए’ ‘बि’ र ‘सी’ श्रेणीकाले क्रमशः १५ हजार, १२ हजार र १० हजार मासिक पाउनेछन्।

क्यानले घटायो करारका महिला क्रिकेटरको संख्या

नेपाल क्रिकेट सङ्घ (क्यान) ले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ ।

यसअघि पुरुष र महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको भए पनि यसपालि भने करारमा ६ महिला खेलाडी कटौती गरिएको छ ।

क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान ३ जना छन् भने ग्रेड सी मा ६ जना छन् । कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा ग्रेड एमा कायम छन् ।

यस्तै काजल श्रेष्ठ बी मा घटुवा हुँदा अस्मिना कर्माचार्य सी बाट बी मा बढुवा भएकी छन् । कविता कुँवर बी ग्रेड मै यथावत छिन् । ज्योति पाण्डे र अप्सरी बेगम ग्रेड सीमा घटुवा भएका छन् । कविता जोशी, विन्दु रावल, सङ्गीता राई र ममत चौधरी ग्रेड सी मा यथावत छन् ।

यसअघि ग्रेड एमा रहेकी करुणा भण्डारी, ग्रेड बीमा रहेका सबनम राई, सरस्वती चौधरी र सरिता मगर तथा ग्रेड सीमा रहेका डली भट्ट र रोमा थापा ग्रेडिङबाट बाहिरिएका छन् ।

फिटनेश लगायतका आवश्यक मापदण्ड पूरा नगरेका कारण यस पटक करारमा रहने महिला खेलाडीको संख्या घटेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]