कोहलीले तोडे टि-२० विश्वकपको ठूलो रेकर्ड

भारतीय ब्याटर बिराट कोहलीले अर्को विश्वकीर्तिमान आफ्नो नाम गरेका छन्।

टि-ट्वान्टी विश्वकप अन्तर्गत जारि बंगलादेश बिरुद्ध खेलमा १५ रन बनाएसंगै कोहली टि-ट्वान्टी विश्वकप इतिहासकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्।

कोहलीले श्रीलंकाको महेला जयवर्धनेले २००७ देखि २०१४ सम्म टि-२० विश्वकप खेल्दै ३१ खेलमा १,०१६ रन बनाएका थिए। कोहलीले मात्र २५ औं खेल खेल्दै विश्वकीर्तिमान आफ्नो नाम गरेका हुन्।

२०१२ मा पहिलो पटक टि-ट्वान्टी विश्वकप खेलेका कोहलीले २५ खेलको २३ इनिंग्समा ब्याटिंग गर्दै झन्डै ८५ रनको औशतमा १२ अर्धशतक प्रहार गरेका छन्। कोहलीले शतक भने बनाएका छैनन्।

जारि विश्वकपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरुद्ध १२ रनमा आउट भए।

कोहली र जयवर्धने बाहेक अन्य ब्याट्सम्यानले टि-ट्वान्टी विश्वकपमा एक हजार भन्दा बढी रन बनाउन सकेका छैनन्। क्रिस गेलले ९६५ रन, रोहित शर्माले ९२१ रन, तिलकरत्ने दिलशानले ८९७ रन, डेभिड वार्नरले ७८१ रन, शाकिब अल हसनले ७२९ रन, एबि डी भिल्लीयर्सले ७१७ रन तथा जोस बटलरले ६६५ रन बनाएका छन्।

 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]