कोहलीले तोडे टि-२० विश्वकपको ठूलो रेकर्ड

भारतीय ब्याटर बिराट कोहलीले अर्को विश्वकीर्तिमान आफ्नो नाम गरेका छन्।

टि-ट्वान्टी विश्वकप अन्तर्गत जारि बंगलादेश बिरुद्ध खेलमा १५ रन बनाएसंगै कोहली टि-ट्वान्टी विश्वकप इतिहासकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन्।

कोहलीले श्रीलंकाको महेला जयवर्धनेले २००७ देखि २०१४ सम्म टि-२० विश्वकप खेल्दै ३१ खेलमा १,०१६ रन बनाएका थिए। कोहलीले मात्र २५ औं खेल खेल्दै विश्वकीर्तिमान आफ्नो नाम गरेका हुन्।

२०१२ मा पहिलो पटक टि-ट्वान्टी विश्वकप खेलेका कोहलीले २५ खेलको २३ इनिंग्समा ब्याटिंग गर्दै झन्डै ८५ रनको औशतमा १२ अर्धशतक प्रहार गरेका छन्। कोहलीले शतक भने बनाएका छैनन्।

जारि विश्वकपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ८२ रनको अभिजित पारी खेलेका उनले दोस्रो खेलमा नेदरल्याण्डविरूद्ध ६२ रनको अभिजित इनिङ्स खेले। तेस्रो खेलमा भने उनी दक्षिण अफ्रिकाविरुद्ध १२ रनमा आउट भए।

कोहली र जयवर्धने बाहेक अन्य ब्याट्सम्यानले टि-ट्वान्टी विश्वकपमा एक हजार भन्दा बढी रन बनाउन सकेका छैनन्। क्रिस गेलले ९६५ रन, रोहित शर्माले ९२१ रन, तिलकरत्ने दिलशानले ८९७ रन, डेभिड वार्नरले ७८१ रन, शाकिब अल हसनले ७२९ रन, एबि डी भिल्लीयर्सले ७१७ रन तथा जोस बटलरले ६६५ रन बनाएका छन्।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy