टि-२० वरियतामा रैना र स्यान्टनरसंगै पारस, कुन नेपाली खेलाडी कति नम्बरमा

Paras Khadka

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जारि गरेको नयाँ वरियतामा राष्ट्रिय टिमका कप्तान पारस खड्काले फड्को मारेका छन्।

नेपालले जुलाईमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) र मलेसियासंग २ वटा टि-२० को सिरिज खेलेको थियो। यस क्रममा नेपालले कुल ६ खेल खेल्यो। यस अघि यो वर्ष नेपालले जनवरी / फेव्रुवरिमा युएईसंग ३ वटा टि-२० खेल्यो।

नेपाली खेलाडी मध्ये सबैभन्दा अघि रहेका कप्तान पारस ब्याटिंग वरियतामा माथि उक्लने क्रममा ४१७ रेटिंग अंक सहित ६६ औं स्थानमा रहेका छन्। अल-राउण्डरतर्फ भने पारस निकै माथि करियरकै उत्कृस्ट २५ औं स्थानमा उक्लेका छन्। अल-राउण्डर तर्फ पारस पछिल्लो पटक ३९ औं स्थानमा रहेका थिए। पारसको हाल ९० रेटिंग अंक रहेको छ। सबैभन्दा बढी पारसको ९५ रेटिंग अंकसम्म बिगतमा पुगेको थियो।

समान ९० रेटिंग अंक सहित न्युजिल्याण्डका मिचेल स्यान्टनर, भारतका सुरेश रैना र जिम्बाबेका एल्टन चिगुम्बुरा पारसकै स्थानमा रहेका छन्। रैनाले अन्तिम पटक गत वर्ष जुलाईमा अन्तिम टि-२० खेलेका थिए।

अल-राउण्डर वरियतामा पारस भन्दा तल हार्दिक पान्ड्या, क्रिस गेल, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, आन्द्रे रसेल, बेन स्टोक्स, मोइन अलि जस्ता खेलाडीहरु रहेका छन्। वरियतामा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल ३९० रेटिंग अंक सहित पहिलो स्थानमा रहेका छन् भने शकिब अल हसन दोश्रो, मोहम्मद नाबी तेश्रो स्थानमा रहेका छन्।

पारसले टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा ३ खेलमा १०८ रन बनाएका थिए भने खेलेको ३ वटै खेलमा बलिंग गरेका थिएनन्। त्यस अघि मलेसियासंग २ वटा टि-२० को सिरिजमा उनले कुल १०९ रन बनाएका थिए भने दुवै खेलमा बलिंग गर्दा १ विकेट लिएका थिए।

पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा ५०० रन पुरा गर्ने एकमात्र ब्याट्सम्यान हुन् भने मलेसियासंग उनले बनाएको ८६ रन नेपाली ब्याट्सम्यानको टि-२० मा सर्वाधिक योगफल हो। बलिंगमा पारसले कुल ३ विकेट लिएका छन्।  टि-२० अन्तर्राष्ट्रियमा बसन्त रेग्मीले नेपालको लागि सर्वाधिक २५ विकेट लिएका छन्। सोमपाल कामिले २३ र करन केसीले २१ विकेट लिएका छन्। सोमपालले ब्याटिंगमा क्कुल १३५ रन बनएका छन्।

आईसीसीले बलिंगनै नगरे पनि ब्याटिंगको आधारमा पनि अंक प्रदान गर्ने हुँदा पारस वरियतामा उक्लिएका हुन्। भारतीय कप्तान बिराट कोहली टि-२० अल-राउण्डरको सुचीमा २० औं स्थानमा रहेका छन् जो बिरलै बलिंग गर्ने गर्दछन्।

Basant Regmi

टिम वरियतातर्फ ३१ जुलाईमा आईसीसीले जारि गरेको वरियता अनुसार नेपाल ११ औं स्थानमा २०१ अंक सहित यथावत रहेको छ। स्कटल्याण्ड मात्र २ अंकले तथा नेदरल्याण्ड ४ अंकले पछि पर्दै १२ औं र १३ औं स्थानमा रहेको छ।

नेपाली खेलाडीहरुको वरियता ( टि-२० अन्तर्राष्ट्रिय ) 

टि-२० अन्तर्राष्ट्रिय वरियतामा ब्याटिंगतर्फ नेपाली खेलाडी मध्ये शिर्ष स्थानमा पारस खड्का ६६ औं स्थानमा रहंदा बलिंगतर्फ बसन्त रेग्मी शिर्ष ७१ औं स्थानमा रहेका छन्। सोमपाल कामि ब्याटिंगमा २१४ औं, बलिंगमा ७८ औं र अल-राउण्डरतर्फ ६७ औं स्थानमा रहेका छन्। पारस खड्काले गत महिना मलेसियासंग अविजित ८६ र त्यसपछि कुवेतसंग ६८ रन बनाएका थिए। बसन्त रेग्मीले टि-२० विश्वकप छनौट ( एसिया फाइनल) मा कुल ७ विकेट तथा मलेसियासंग १ खेलमा मौका पाउदा २ विकेट लिएका थिए।

ब्याटिंग वरियता :-  पारस खड्का – ६६ औं , शरद भेसावकर – १२५ औं , ज्ञानेन्द्र मल्ल – १३१ औं , सन्दिप जोरा १७० औं , सोमपाल कामि २१४ औं
बलिंग वरियता :- बसन्त रेग्मी – ७१ औं , सोमपाल कामि ७८ औं , करन केसी १४२ औं , पारस खड्का १५० औं , अविनाश बोहरा १६४ औं
अल-राउण्डर वरियता :- पारस खड्का – २६ औं , सोमपाल कामि ६७ औं , करन केसी १३७ औं , बसन्त रेग्मी १७७ औं

नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १५ औं स्थानमा रहेको छ। नेपाल भन्दा पछि युएई १६ औं र पपुवा न्यु गिनी १७ औं स्थानमा छ। एकदिवसीय तर्फ ब्याटिंग, बलिङ्ग र अल-राउण्डर ३ वटै विधामा नेपाली खेलाडीहरु उत्कृस्ट-१०० भित्र रहेका छैनन्।

 

 

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]