विश्वकपको लागि न्युजिल्यान्डले घोषणा गर्यो १५ सदस्यीय टिम

सन् २०१९ मा इंग्ल्याण्डमा आयोजना हुने एकदिवसीय विश्वकपको लागि न्युजिल्यान्डले १५ सदस्यीय टिमको घोषणा गरेको छ। बुधबार घोषित टिमको कप्तानी केन विलियम्सनले गर्नेछन्।

यसअघि न्युजिल्यान्डको प्रतिनिधित्व गरिसकेका खेलाडीहरु टिममा रहेपनि ब्याकअप विकेट किपरको रुपमा नयाँ खेलाडीलाई मौका दिइएको छ। नयाँ खेलाडी टोम ब्लुण्डेल रहेका छन् जसले न्युजिल्यान्डको राष्ट्रिय टिमबाट २ टेस्ट खेलेपनि एकदिवसीय क्रिकेटमा प्रतिनिधित्व गरेका छैनन्।

न्युजिल्यान्ड आगामी विश्वकपमा अघिल्लो पल्टको फाइनलमा अष्ट्रेलियासँगको फराकिलो हार बिर्साउने लक्ष्य सहित उत्रिनेछ। उसले यसअघि ६ पटक सेमिफाइनलमा स्थान बनाएको भएपनि फाइनलमा भने अघिल्लो विश्वकपमा पहिलोपटक पुगेको हो।

आइसीसीको बर्तमान बरियतामा इंग्ल्याण्ड र भारतपछी तेस्रो नम्बरमा रहेको न्युजिल्यान्ड ग्यारी स्टिडको प्रशिक्षणमा रहनेछ। प्रशिक्षक स्टिडले टिमले पछिल्लो समय माथिल्लो लेभलको क्रिकेट खेलेको र विश्वकपमा पनि प्रदर्शनलाई निरन्तरता दिने बताए।

घरेलु क्रिकेटमा नियमित किपर टोम लाथमको ब्याकअपको रुपमा रहेका टिम सेइफर्टको हातमा समस्या आएपछि टोम ब्लुण्डेलले अन्तिम १५ मा स्थान बनाएका छन्। लाथमलाई कुनैपनि किसिमको चोटपटक नलागेको र खेल्न सक्ने अवस्था रहेमा ब्लुण्डेलले एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने सम्भावना न्युन छ।

यस्तै मिचेल स्यान्टनर मुख्य स्पिन हतियार रहनेछन्। उनलाई इश सोढीले साथ दिनेछन्।

तिब्र गतिको बलिंग ट्रेन्ट बोल्ट, टिम साउदी र ल्युक फर्गुसनले सम्हाल्ने छन् भने कोलिन डी ग्राण्डहोम र जिम्मी निशम अलराउन्डरको रुपमा रहनेछन्।

न्युजिल्यान्डले विश्वकप अन्तर्गत आफ्नो पहिलो खेल जुन १ तारिखमा श्रीलंका बिरुद्द खेल्नेछ।

यस्तो छ न्युजिल्यान्डको अन्तिम १५:

केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]