न्युजिल्यान्डको अपत्यारिलो ब्याटिंग, एकदिवसीय खेलको एकै पारिमा बन्यो ४९० रन

  • विकेटनेपाल, जेठ २५ – शुक्रबार

न्युजिल्यान्ड र आयरल्याण्ड महिला क्रिकेट टिमबीच आजदेखि सुरु भएको तिन खेलको शृंखलाको पहिलो एकदिवसीयको पहिलो पारिमा न्युजिल्याण्डले ४ विकेट गुमाएर ४९० रनको बिशाल योगफल तयार पारेको छ। यो कुनैपनि (महिला/पुरुष) एकदिवसीयमा बनेको सर्बाधिक योगफल रहेको छ।

२१ बर्ष पुरानो एकदिवसीय क्रिकेटको सर्बाधिक ठुलो योगफल भङ्ग गर्दै नयाँ किर्तिमान बनाउने क्रममा टस जितेर पहिले ब्याटिंग गरेको पाहुना टोलि न्युजिल्यान्डका लागि कप्तान सुजि बेट्सले १५१ रनको बिशाल स्कोर बनाईन भने पहिलो विकेटका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरिरहेकी जेस वाट्किन (६२ रन, ५९ बल) सँग मिलेर १७२ रनको साझेदारी गरिन्।

सुजि बेट्स

वाट्किन १० चौका प्रहार गर्दै आउट भएपछी कप्तान बेट्सले दोश्रो विकेटका लागि मड्डी ग्रिनसँग ११६ रनको साझेदारी गरिन। ग्रिनले एकदिवसीय क्रिकेट को पहिलो शतक बनाउने क्रममा १२१ रन प्रहार गर्न ७७ बलमा १५ चौका र १ छक्काको सहयोग लिईन।

जेस वाट्किन

अमी सत्तेर्थवेट तेस्रो विकेटको रुपमा २१ रन बनाएर आउट भएपनि पाचौँ विकेटका लागि अमेलिया केरले अविजित ८१ रन (४५ बल, ९ चौका, ३ छक्का) तथा बेर्नादिने बेजुहिदिनेहटले अविजित २३ रन (१५ बल, ४ चौका) प्रहार गर्दै मात्र ३८ बलमा ७६ रन बनाएपछि न्युजिल्यान्डले ४९० रनको बिशाल योगफल तयार पारेको हो।

कारा मुर्रे

बलिंगतर्फ आयरल्याण्डका सबै खेलाडीहरु महँगा साबित भए। कारा मुर्रेले २ विकेट लिन १० ओभरमा ११९ रन खर्चिंदा लारा मटिज़ र गेबी लुइसले समान १/१ विकेट लिनेक्रममा १० ओभर बलिंग गर्दै ९२/९२ रन खर्चिए।

एकदिवसीय क्रिकेटमा बनेका अहिलेसम्मका सर्बाधिक ठुला स्कोर

(Graphics by ESPNcricinfo and all photos by Seba John Finn Daly/Sportsfile)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy