नेपालको खराब सुरुवात

  • विकेटनेपाल, माघ २५ – बिहिबार

आजदेखि नामिबियामा आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत आजको खेलमा अहिले आयोजक नामिबिया र नेपाल भिडिरहेका छन् ।

खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गर्दै मात्र ३२ रनमा महत्त्वपूर्ण २ विकेट गुमाईसकेको छ ।

लन्च ब्रेक अगाडी खेल ११.२ ओभर सम्भव भएको थियो ।

नेपालले खाता नखोल्दै दोश्रो ओभरको पहिलो बलमा दिलिप नाथलाई गुमायो । त्यसपछि कप्तान पारस खड्काले ज्ञानेन्द्र मल्लसँग ३२ रनको साझेदारी गरेका थिए ।

तर १२ औं ओभरको दोश्रो बलमा पारस खड्का विलियम्सको बलमा बोल्ड भएपछी लन्च ब्रेकको घोषणा गरिएको थियो । खड्काले १९ रन बनाउन ३५ बलमा २ चौका प्रहार गरे । मल्ल ३८ बलमा १० रन बनाएर खेलिरहेका छन् ।

यसअघि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउदै मात्र १३८ रन मात्रै बनाउन सक्यो ।

नामिबियाका लागि क्रेग विलियमसनले ४१ रनको आक्रामक पारि खेलेका थिए। ३४ बलमा ८ चौका प्रहार गरेका उनलाई जान फ्रान्कलिन तथा जेने ग्रीनले पनि समान २२/२२ रनको पारि खेलका थिए।विलियमसनलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे।

कुनै समय ७५/२ मा रहेको अवस्थाबाट बसन्त रेग्मी र सन्दिप लामिछानेले कसिलो बलिंग गरेपछि नामिबियाले थप ६ रन जोड्दा ४ विकेट गुमाउन पुगेको थियो ।

ओपनर स्टेफन बार्डले १८ रनको योगदान दिएको खेलमा तल्लोक्रममा ब्याटिंग गर्दै जेजे स्मिटले पनि १८ रनको योगदान गरे ।

जवाफमा नेपालका लागि लेग स्पिनर सन्दिप लामिछानेले ४ विकेट लिन ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चे भने सोमपाल कामिले ७ ओभरमा ३५ रन खर्चिदै ३ विकेट हात पारे । पारस खड्का, शरद भेसावाकरले १/१ विकेट झारे।

खेलको अपडेट यो लिंकमा 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]