अन्तर्राष्ट्रिय क्रिकेट मैदानबारे धुर्मुसको ठुलो घोषणा

विकेटनेपाल, चैत्र १५ – बिहिबार । नेपाली छोटो पर्दाको टेलिसिरियल मेरीबास्सैबाट चर्चामा आएका हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा लाग्ने भएको छ ।

यसभन्दा अगाडी भूकम्प प्रभावित ठाउँहरुमा नमुना बस्तीहरु निर्माण गर्दै हस्तान्तरण गरिसकेका अभियान्ता सिताराम कट्टेलले फेसबुकमा स्टाटस राख्दै उक्त मैदान निर्माण कार्यमा लाग्ने जानकारी दिएका हुन् ।

उक्त फेसबुक पोस्टका अनुसार नेपालले एकदिवसीय मान्यता पाएपछि उनीहरुको अन्य कामको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि चौतर्फी दबाब आएको जनाएका छन् ।  उनले लेखेका छन्  “चौतर्फि रुपमा बिभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो ।”

साथमा नेपाली क्रिकेटको तारिफ गर्दै नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा शिर ठाडो बनाएर गौरवान्वित बनाउन सघाएको र मैदान निर्माणको परियोजना सरकारी भएकोले आफुहरुले सरकारलाई सघाउदै छिट्टै निर्माण समिति गठन गर्ने र उक्त समितिकै रोहबरमा मैदान निर्माणको काम अघि बढ्ने बनाए । उनले थपे “नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।”

नेपालले जिम्बाबेमा केहि समय अगाडी आयोजित विश्वकप छनौट प्रतियोगिता अन्तर्गत महत्त्वपुर्ण खेलमा हंगकंगलाई पराजित गर्दै पहिलोपल्ट एकदिवसीय मान्यता प्राप्त गरेको थियो जुन सन् २०२२ को विश्वकप छनौट सम्म रहने छ । यसअघि सन् २०१४ को टी- २० विश्वकपमा उत्कृस्ट प्रदर्शन गर्दै टी- २० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो तर नेपालमा मान्यता प्राप्त मैदानको अभाब, घरेलु किचलोको कारण त्यो मान्यता खेर गएको थियो । सोहि कारणले अहिले नेपालमा सामाजिक अभियान्ताको रुपमा उदाएका धुर्मुस-सुन्तलीलाई जनस्तरबाट दबाब आएको हो ।

यस्तो छ उनले लेखेको पोस्ट:





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]