डिपिएलको खेलतालिका सर्यो, अब सोमबारबाट हुने

  • विकेटनेपाल, माघ २५ – शुक्रबार

माघ २६ गतेदेखि फाल्गुन ११ गतेसम्म आयोजना हुने भनिएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेल तालिका दोश्रो पटक सरेको छ। यस अघि माघ १८ गतेदेखि हुने भनिएको प्रतियोगिता युएई टुरको कारण सारिएको थियो।

अब प्रतियोगिता माघ २८ गते सोमबारदेखि संचालन हुनेछ। भोलिदेखि प्रतियोगिता संचालन हुने भनिएपनि निरन्तरको बर्षाले मैदान खेल्न योग्य नभएपछी सारिएको हो। यस्तै मौसम बिभागको पछिल्लो भविष्यवाणी अनुसार सोमबारसम्म देशैभरि भारि बर्षा हुने तथा हिमपात समेत हुन सक्ने बताएको थियो।

यस अघि प्रतियोगिताको पुर्व निर्धारित तालिका अनुसार शनिवार उद्घाटन खेलमा बिराटनगर किंग्स र धनगढी स्टार्स खेल्ने तालिका रहेको थियो।

 

अब सोमबार खेलिने उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मिति सरे पनि फाइनल खेल भने फाल्गुन ११ गतेनै आयोजना हुनेछ।

फाल्गुन ८ गते पहिलो क्वालीफायर आयोजना हुनेछ भने फाल्गुन ९ गते इलिमिनेटर, फाल्गुन १० गते दोश्रो क्वालिफायर खेल हुनेछ। प्रतियोगिताको सम्पूर्ण खेलहरु फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]