डिपिएलको खेलतालिका सर्यो, अब सोमबारबाट हुने

  • विकेटनेपाल, माघ २५ – शुक्रबार

माघ २६ गतेदेखि फाल्गुन ११ गतेसम्म आयोजना हुने भनिएको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेल तालिका दोश्रो पटक सरेको छ। यस अघि माघ १८ गतेदेखि हुने भनिएको प्रतियोगिता युएई टुरको कारण सारिएको थियो।

अब प्रतियोगिता माघ २८ गते सोमबारदेखि संचालन हुनेछ। भोलिदेखि प्रतियोगिता संचालन हुने भनिएपनि निरन्तरको बर्षाले मैदान खेल्न योग्य नभएपछी सारिएको हो। यस्तै मौसम बिभागको पछिल्लो भविष्यवाणी अनुसार सोमबारसम्म देशैभरि भारि बर्षा हुने तथा हिमपात समेत हुन सक्ने बताएको थियो।

यस अघि प्रतियोगिताको पुर्व निर्धारित तालिका अनुसार शनिवार उद्घाटन खेलमा बिराटनगर किंग्स र धनगढी स्टार्स खेल्ने तालिका रहेको थियो।

 

अब सोमबार खेलिने उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता मिति सरे पनि फाइनल खेल भने फाल्गुन ११ गतेनै आयोजना हुनेछ।

फाल्गुन ८ गते पहिलो क्वालीफायर आयोजना हुनेछ भने फाल्गुन ९ गते इलिमिनेटर, फाल्गुन १० गते दोश्रो क्वालिफायर खेल हुनेछ। प्रतियोगिताको सम्पूर्ण खेलहरु फाप्ला क्रिकेट मैदानमा आयोजना हुँदैछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy