भारत भ्रमण अन्तर्गत पाँचवटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत तेश्रो खेलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले सहजै पराजित गरेको छ। जितसंगै सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता हाँसिल गरेको छ।
नरेन्द्र मोदी स्टेडियम, अहमदावादमा सम्पन्न खेलमा भारतले दिएको १५७ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा पुरा गरेको हो।
लक्ष्य पछ्याउने क्रममा ९ रन बनाएका इंग्ल्यान्ड ओपनर जेसन रोय चौथो ओभरमा युजभेन्द्र चहलबाट क्याच आउट भए। दोश्रो विकेटको लागि अर्का ओपनर जोस बटलरले डेविड मलानसंग ५८ रनको साझेदारी गरे। १८ रन बनाएका मलानलाई दशौँ ओभरमा वासिंगटन सुन्दरले स्टम्प आउट गरे।
तेश्रो विकेटको लागि बटलरले जोनी बेयरस्टोसंग ७७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।
5⃣0⃣ for @josbuttler! 👏
Off just the 2⃣6⃣ balls 💪
Scorecard: https://t.co/Ktho4y7urM
🇮🇳 #INDvENG 🏴 pic.twitter.com/yxzcyZ9OYW
— England Cricket (@englandcricket) March 16, 2021
बटलरले अविजित ८३ रन बनाए जुन क्रममा ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। यस्तै बेयरस्टोले अविजित ४० रन बनाए जुन क्रममा २८ बलमा ५ चौका प्रहार गरे।
भारतको बलिंगमा युजभेन्द्र चहल ( ४-०-४१-१ ) र वासिंगटन सुन्दरले ( ४-०-२६-१ ) ले समान १ विकट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो।
भारतको सुरुवात खराब रह्यो। ओपनर केएल राहुल खाता नखोली तेश्रो ओभरमा मार्क वुडबाट बोल्ड भए। पाँचौ ओभरमा १५ रन बनाएका रोहित शर्मालाई वुडले क्याच आउट गरे। लगत्तै ओभरमा इशान किशन ४ रन बनाएर क्रिस जोर्डनबाट क्याच आउट भए।
चौथो विकेटको लागि कप्तान बिराट कोहली र रिशभ पन्तले ४० रनको साझेदारी गरे। १२ औं ओभरमा पन्त रन आउट हुन पुगे जसले २५ रन बनाए। पन्तको विकेट पछि श्रेयस ऐयर मात्र ९ रन बनाएर वुडको तेश्रो शिकार बन्दै क्याच आउट भए।
छैठौं विकेटको लागि कोहलीले हार्दिक पान्ड्यासंग मात्र ३० बलमा ७० रनको साझेदारी गरे। पान्ड्या इनिंग्सको अन्तिम बलमा क्रिस जोर्डनबाट क्याच आउट भए जस अघि उनले १७ रन बनाए।
अन्तिम ५ ओभरमा भारतले मात्र १ विकेट गुमाएर ६९ रन बनायो।
कोहलीले टि-२० अन्तर्राष्ट्रिय करियरको २७ औं अर्धशतक बनाए। उनले अविजित ७७ रन बनाए जुन क्रममा ४६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।अघिल्लो खेलमा पनि उनले अविजित ७३ रन बनाएका थिए। सन् २०१६ को टि-२० विश्वकप पछि पहिलो पटक कोहलीले लगातार दुई वटा टि-२० अर्धशतक बनएका हुन्।
इंग्ल्यान्डको बलिंगमा मार्क वुडले सर्वाधिक ३ विकेट ( ४-०-३१-३ ) तथा क्रिस जोर्डनले २ विकेट ( ४-१-३५-२ ) लिए।
पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएको थियो भने दोश्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो।
सिरिज अन्तर्गत चौथो खेल बिहिबार नरेन्द्र मोदी स्टेडियम अहमदावादमा खेलिनेछ।
धेरैले पढेको
https://wicketnepal.com/icc-dwara-2-uae-cric-8-barshe/
https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/
https://wicketnepal.com/mayor-cup-upadhi-police-lai-wn21/