कोशी प्रिमियर लिग : राशिद र कुशल चम्किँदा जायन्ट्स र ब्लास्टर्स विजयी

२०८१ फाल्गुन ७, बुधबार १७:४१

सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा इटहरी आदर्श जायन्ट्स र नमुना ब्लास्टर्स विजयी भएका छन्।

डक्टर खलिल आजाद क्रिकेट मैदनामा आज सम्पन्न पहिलो खेलमा इटहरी आदर्श जायन्ट्सले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा पुर्बेली सुपर किंग्सलाई २६ रनले पराजित गर्यो। १३८ रनको लक्ष्य पछ्याउने क्रममा सुपर किंग्सले २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो।

सुपर किंग्सको ब्याटिंगमा अर्जुन साउदले सर्वाधिक ४८ रन बनाए जुन क्रममा ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे। श्रवन यादवले १४ रन बनाए।

जायन्ट्सको बलिंगतर्फ राशिद खानले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २७ रन खर्चिए। कप्तान भुपाल लुइँटेलले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ११ रन खर्चिए। बिपिन खत्री र गुल्सन झाले समान १ विकेट लिए।

Rashid Khan

यस अघि टस हारेर ब्याटिंग गरेको जायन्ट्सले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको थियो। उसको लागि गुल्सन झाले सर्वाधिक ३२ रन बनाए जुन क्रममा उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। अर्जुन घर्तिले अविजित २५ रन बनाए जुन क्रममा १७ बलमा २ चौका र २ छक्का प्रहार गरे। राशिद खानले २३, सन्तोष कार्कीले १४ , मिनास थापाले १३ तथा भिम शार्कीले १२ रन बनाए।

सुपर किंग्सको बलिंगमा दिनेश अधिकारीले ३ विकेट, मुकुन्द यादवले २ विकेट तथा दिवान पुनले १ विकेट लिए।

नमुना ब्लास्टर्सको जित 

आजको दोश्रो खेलमा नमुना ब्लास्टर्सले दुहबी क्यापिटललाई २७ रनले पराजित गर्यो। १४८ रनको लक्ष्य पछ्याएको क्यापिटलले २० ओभरमा ९ विकेट क्षेतीमा १२० रन बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा क्यापिटलका ओपनर लोकेश बमले सर्वाधिक ३६ रन बनाए जुन क्रममा २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। सोनु मण्डलले १९, तृत राज दासले १६ तथा विवेक यादवले १५ रन बनाए।

ब्लास्टर्सको बलिंगमा  प्रकाश कार्की र कुशल मल्लले समान ३ विकेट लिए। कार्कीले ४ ओभरमा २३ रन खर्चिए भने प्लेयर अफ द म्याच घोषित भएका मल्लले ४ ओभरमा १ मेडन गर्दै मात्र १२ रन खर्चिए। नन्दन यादव, कुशल भुर्तेल र गौतम केसीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ब्लास्टर्सले २० ओभरमा ८ विकेट क्षेतीमा १४७ रन बनायो।

ब्लास्टर्सको लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ४७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै नन्दन यादवले मात्र १८ बलमा अविजित ३३ रन बनाउने क्रममा ३ चौका र २ छक्का प्रहार गरे। कुशल भुर्तेलले १८ रन बनाए जुन क्रममा १३ बलमा १ चौका र २ छक्का प्रहार गरे। क्यापिटलको बलिंगमा नारायण जोशीले ३ विकेट, बिबेक यादव र शाहब आलमले समान २ विकेट तथा रञ्‍जित कुमारले १ विकेट लिए।

अंकतालिका 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy