सुनसरीको भोक्राहमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ दिन शनिवार सम्पन्न दुई खेलमा बलान बिहुल सप्तरी टाइगर र नमुना ब्लास्टर विजयी भएका छन्।
डक्टर खलिल आजाद क्रिकेट मैदानमा सम्पन्न आजको पहिलो खेलमा बलान बिहुल सप्तरी टाइगरले पुर्बेली सुपर किंग्सलाई १ विकेटले पराजित गर्यो।
१४३ रनको लक्ष्य टाइगरले अन्तिम बलमा ९ विकेट गुमाएर भेटायो। अन्तिम बलमा जित्न २ रन आवस्यक हुँदा राम नरेश गिरिले दिवान पुनलाई चौका प्रहार गर्दै खेल जिताए।
१२२ रनमा ९ विकेट गुमाएको अवस्थामा गिरिले आक्रामक ब्याटिंग गर्दै टिमलाई जितसम्म पुर्याए। उनले मात्र ११ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २१ रन बनाए। नरेन साउदले सर्वाधिक ३७ रन बनाए भने बिशाल सुशलिंगले २४ रन योगदान दिए।
पुर्बेली किंग्सको बलिंगमा ड़ेश अधिकारीले ४ विकेट लिंदा ललित राजबंशी र मुकुन्द यादवले २/२ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको पुर्बेली सुपर किंग्सले २० ओभरमा ६ विकेट क्षेतीमा १४२ रन बनाएको थियो। उसको लागि दिवं पुनले सर्वाधिक ३२, अर्जुन साउदले २५, इमरान शेखले २१ तथा सुमन गहतराजले १६ रन योगदान दिए।
बलान बिहुल सप्तरी टाइगरको बलिंगमा नरेन साउदले २ विकेट लिंदा रामनरेश गिरि, बिशाल पटेल, अभिशेष गौतम र रुपेश सिंहले १/१ विकेट लिए।
ब्लास्टर्सको सहज जित
आजको दोश्रो खेलमा नमुना ब्लास्टर्सले एनबिएससी लायन्सलाई ९ विकेटले पराजित गर्यो। मात्र ६० रनको लक्ष्य ब्लास्टर्सले ४. ५ ओभरमै भेटायो।
ब्लास्टर्सको जितमा ब्याटिंगतर्फ कुशल भुर्तेलले सर्वाधिक २४ रन बनाए जुन क्रममा १४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। इशान पाण्डेले अविजित रहँदै १० बलमा ३ चौका र १ छक्का मद्दतले २१ रन बनाए। बलिंगतर्फ कुशल भुर्तेल र कुशल मल्लले समान ४ विकेट लिए। भुर्तेलले ३ ओभरमा १ मेडन ओभर गर्दै मात्र ६ रन खर्चिए भने मल्लले ४ ओभरमा मात्र ९ रन खर्चिए। प्रकाश कार्की र गौरभ कटवालले १/१ विकेट लिए।
एनबिएससीले टस जितेर ब्याटिंग गर्दै १९ ओभरमा ५९ रन मात्र बनाउन सकेको थियो। उसको लागि ओपनर पप्पु यादवले सर्वाधिक २३ रन बनाए।
अंकतालिका