कैलाली प्रिमियर लिग : त्रिवेणी नगरपालिका सेमिफाइनलमा

फाल्गुन ११, धनगढी

धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को नवौं खेलमा डडेल्धुराको पर्शुराम नगरपालिका विरुद्ध कैलालीको लम्की नगरपालिकाले सहज जित निकालेको छ । समूह डी अन्तर्गतको खेलकमा लम्कीले पर्शुरामलाई ११ रनले पराजित गर्यो । लगातार दोश्रो खेलमा पराजय व्यहोरेको पर्शुराम प्रतियोगीताबाट बाहिरिएको छ । समूह डी कै अघिल्लो खेलमा शुक्लाफाँटा नगरपालिका विजयी भएको थियो । अब लम्की र शुक्लाफाँटा बीच खेलिने खेलको विजेता टोली सेमिफाइन प्रवेश गर्नेछ ।

लम्कीलाई जित दिलाउन डम्मर माझीले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका माझीले १२ रन खर्चर्दै ३ विकेट चट्काए । माझी म्यान अफ दी म्याच चुनिए । त्यस्तै ३.४ ओभर बलिङ गरेका कवि बमले १८ रन खर्चेर ३ विकेट नै चट्काए । शुरेश भण्डारीको नाममा २ विकेट रहँदा दिपक शाहीले १ विकेट लिए ।

११६ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले १९.४ ओभरमा अलआउट हुँदै १०५ रन बनाउन मात्र सक्यो । पर्शुरामले पावर प्लेमा एकदम सुस्त खेल्यो । ३६ बलमा उस्ले ३ विकेट गुमाउँदै मात्र १८ रन बनायो । पावर प्लेमा उस्ले एउटा पनि बाउड्री हिर्काउन सकेन । पर्शुरामका लागि मान साउँदे सर्वाधिक २७ रन बनाए । त्यस्तै किरन धामीले २२ रन बनाउँदा आयुश्मान शाहीले १७ रनको योगदान दिए । अन्य ब्याटरले उल्लेखनीय प्रर्दशन गर्न सकेनन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लम्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११६ रन बनाएको थियो । लम्कीका लागि ओपनर ब्याटर कमल बिष्ट र अर्जुन साउँदले ४१ रनको साझेदारी गरे । बिष्टले ३४ रन बनाउँदा साउँदले १८ रन बनाए । १० ओभरमा मात्र १ विकेट गुमाएर ६८ बनाएको लम्कीले त्यसपछि भने लगातार विकेट गुमायो । उसका लागि रबिन भण्डारीले थप १८ रन जोड्दा अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन । पर्शुरामका लागि किरन धामी र आयुश्मान शाहीले समान तीन तीन विकेट लिए भने दिल बोहराले एक विकेट लिए ।

आजै भएको दोश्रो खेलमा धनगढी उपमहानगरपालिकालाई ८ विकेटले पराजित गर्दै त्रिवेणी नगरपालिकाले लगातार दोश्रो जित निकालेको छ । त्रिवेणी नगरपालिका समूह सी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । त्रिवेणी समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेपछि धनगढी उपमहानगरपालिकाको टिम एकखेल अगावै प्रतियोगीताबाट बाहिरिएको छ । धनगढी उपमहानगरपालिकाले दिएको १०३ रनको झिनो लक्ष्य त्रिवेणीले ११ ओभरमा केबल २ विकेट गुमाउँदै पूरा गर्यो । त्रिवेणीलाई जित दिलाउन राजु रिजाल र संदिप मौरियाले अविजित शतकिय साझेदारी गरे । मौरिया ४१ रनमा अविजित रहेभने रिजाल ३८ रनमा अविजित रहे । २७ बल सामना गर्दै ७ चौका हिर्काएका रिजाल म्यान अफ दी म्याच चुनिए । त्यस्तै विजय रानाले १४ रन बनाए ।
धनगढी उपमहानगरपालिकाका लागि सुनिल दौल्याल र जनक नाथले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको धनगढी उपमहानगरपालिकाकाले निर्धारित २० ओभरमा अलआउट हुँदै १०२ रन बनायो । धनगढीका लागि मनिस जोशीले सर्वाधिक ३८ रन बनाए । रोशन रावलले १६ रन बनाउँदा कप्तान आकाश बिस्टले १२ रनको योगदान दिए । अन्य ब्याटरहरुले दोहोरो अंकको रन बनाउन सकेनन । धनगढीका ४ जना ब्याटर रनआउट भए ।
त्रिवेणी नगरपालिकाका लागि दिपक टमाट्टा र विशाल आचार्यले समान दुइ दुइ विकेट लिए भने रोशन अधिकारी र लोकेन्द्र चन्दले समान एक एक विकेट हात पारे । भोली लिग चरणका अन्तिम दुई खेल हुँदैछन । पहिलो खेल बिहान ९ः३० बजे भिमदत्त र लम्कीका बीच हुनेछ । जसको विजेता टोली समूह डीको विजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछ भने दिउँसो २ बजे लिग चरणको अन्तिम खेल धनगढी र वेदकोटका बीच हुनेछ ।

धनगढीको फाप्ला खेल मैदानमा आयोजना भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो । तेश्रो संस्करणमा सहभागी १२ टोलीलाई चार समूहमा विभाजित गरिएको छ । समूह ए मा गोदावरी नगरपालिका,पुर्नवास नगरपालिका ए र शुक्लाफाँटा नगरपालिका,समूह बी मा घोडाघोडी नगरपालिका,जोरायल गाउँपालिका र पुर्नवास नगरपालिका बी,समूह सी मा त्रीवेणी गाउँपालिका,वेदकोट नगरपालिका र धनगढी उपमहानगरपालिका र समूह डी मा भीमदत्त नगरपालिका,लम्कीचुहा नगरपालिका र परशुराम नगरपालिका रहेका छन ।

लिग कम नकआउटमा खेलाइने प्रतियोगीतामा हरेक समूहको विजेता टोलीले सेमिफानल खेल्नेछ । प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५ १५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]