कोशी प्रिमियर लिग : भुर्तेलको अलराउण्ड प्रदर्शनमा ब्लास्टर्सको रोमान्चक जित

२०८१ फाल्गुन ९, शुक्रबार १८:४७

सुनसरीको इटहरीमा जारि कोशी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत चौंथो दिन शुक्रबार सम्पन्न दुई खेलमा भोक्राहा नरसिंह अर्नाज र नमुना ब्लास्टर्स विजयी भएका छन्।

डक्टर खलिल आजाद क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा भोक्राहा नरसिंह अर्नाजले दुहबी क्यापिटललाई ६१ रनले पराजित गर्यो।

१३१ रनको लक्ष्य पछ्याएको क्यापिटलले १६. ४ ओभरमा ६९ रनमा सबै विकेट गुमायो। अर्नाजका बलर रोहन शाहले ४ विकेट, भूबन कार्कीले ३ विकेट, हेमन्त धामीले २ विकेट तथा शेर मल्लले १ विकेट लिए। दुहबीका बिबेक यादवले सर्वाधिक २५ तथा शाहब आलमले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टस हारेर ब्याटिंग गरेको भोक्राहा नरसिंह अर्नाजले १९. ३ ओभरमा १३० रनमा सबै विकेट गुमाएको थियो। उसको लागि किरन ठगुन्नाले सर्वाधिक २७ रन बनाए। भूबन कार्कीले अविजित १९, सन्दिप ढुंगानाले १६, कप्तान अंकित सुबेदीले १४ रन बनाए। अर्नाजको लागि शाहब आलमले ३ विकेट लिंदा लोकेश बम, बिबेक यादव र कप्तान सितोष शाहले समान २ विकेट लिए।

ब्लास्टर्सको रोमान्चक जित 

आजको दोश्रो खेलमा नमुना ब्लास्टर्सले इटहरी आदर्श जायन्ट्सलाई १ रनको अन्तरले पराजित गर्यो।

१५६ रनको लक्ष्य पछ्याएको जायन्ट्सले पुरै २० ओभर ब्याटिंग गर्दै सबै विकेट गुमाएर १५४ रन बनायो। अन्तिम बलमा जितको लागि २ रन आवस्यक हुँदा कुशल भुर्तेलले भुपाल लुइँटेललाई क्याच आउट पार्दै खेल जिताएका थिए।

अन्तिम ओभरमा जितको लागि ५ रन आवस्यक हुँदा जायन्ट्सको २ विकेट बाँकी थियो। लेग स्पिनर भुर्तेलले गरेको अन्तिम ओभरको पहिलो २ बलमा ३ रन आएपछि खेलले नाटकीय मोड लिएको थियो। तेश्रो बलमा भुर्तेलले ३१ रन बनाएका दिपेश कंडेललाई क्याच आउट पारे। त्यसपछि लगातार २ बलमा भुपाल लुइँटेलले रन बनाउन सकेका थिएनन्। अन्तिम बलमा लुइँटेल क्याच आउट हुँदा ब्लास्टर्स विजयी भयो।

जायन्ट्सको लागि दिपेश कंडेल र फिर्दोश अन्सारीले समान ३१ रन योगदान दिए। आसिफ शेखले २४, भिम शार्कीले २३ तथा मिनास थापाले २२ रन बनाए।

ब्लास्टर्सका बलर प्रकाश कार्कीले सर्वाधिक ४ विकेट लिए। नन्दन यादव र कुशल भुर्तेलले समान २ विकेट लिंदा गौतम केसी र इशान पाण्डेले १/१ विकेट लिए।

कुशल भुर्तेलले अर्लराउण्ड योगदान दिए

 

यस अघि टस जितेर ब्याटिंग गरेको नमुना ब्लास्टर्सले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

ब्लास्टर्सको लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ३८ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै कुशल मल्लले मात्र २४ बलमा ३ चौका र ३ छक्का मद्दतले ४४ रन बनाए। इशान पाण्डेले २७ रन बनाए।

जायन्ट्सको बलिंगमा गुल्सन झाले ३ विकेट लिए भने बिपिन खत्री, भुपाल लुइँटेल र फिर्दोश अन्सारीले १/१ विकेट लिए।

अंकतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy