संगित सिंहको उत्कृष्ट प्रदर्शनमा एडुपल नेपालको पहिलो जित

२६,असार,धनगढी।

एडुपल नेपालको आयोजनामा आजदेखी धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु भएको प्रथम एडुपल नेपाल र चटकपुर स्पोर्टस क्लव नेपालबीचको ३ टी-२० खेलको सिरिजको पहिलो टी-२० खेलमा एडुपल नेपालका संगित सिंहले उत्कृष्ट प्रदर्शन गरेपछि चटकपुर स्पोर्टस क्लव नेपाललाई ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै ३ टी-२० खेलको सिरिजमा १-० ले अग्रता लिन पनि सफल भएको छ।

आज दिउँसो फाप्ला क्रीकेट मैदानमा भएको पहिलो टी-२० खेलमा आयोजक एडुपल नेपालले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, एडुपल नेपालले निर्धारित २० ओभरको खेलमा १९.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षती १४७ रन बनाउन सफल भयो।ब्याटिङमा एडुपल नेपालका लागि विशाल बिष्टले ३३ बलमा सर्वाधिक २६ रन बनाउदा आयुश ऐर २७ बलमा २३ रन , कप्तान भुपेश जोशी १७ बलमा २२ रन तथा रवि बुढाले ०५ बलमा आक्रामक ११ रनको महत्त्वपूर्ण पारी खेल्न सफल भए। बलिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि मुकेश कार्कीले ४ ओभरमा २१ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा मनिष सिंहले ४ ओभरमा २१ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।

१४८ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको चटकपुर स्पोर्टस क्लव नेपालले निर्धारित २० ओभरको खेलमा १५.४ ओभर खेल्दै सम्पुर्ण विकेट क्षती मात्रै ७४ रन बनाउनसक्दा खेल ७३ रनको फराकिलो अन्तरले गुमाउन पुग्यो।ब्याटिङतर्फ चटकपुर स्पोर्टस क्लव नेपालका लागि मुकेश कार्कीले १४ बलमा सर्वाधिक २२ रन बनाउदा कप्तान सन्दिप औजिले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्ननसक्दा खेल गुमाउनुपरेको टोलिका उपकप्तान मुकेश कार्कीले बताउनुभयो।बलिङतर्फ एडुपल नेपालका लागि संगित सिंहले २.४ ओभरमा मात्रै ०३ रन खर्चंदै ह्याटि्रक सहित सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान भुपेश जोशीले ४ ओभरमा २१ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल हुँदै खेल ७३ रनको फराकिलो अन्तरले जिताउन सफल भए।

एडुपल नेपाल र चटकपुर स्पोर्टस क्लव नेपाल बीचको ३ टी-२० खेलको सिरिजको पहिलो खेल ७३ रनको फराकिलो अन्तरले जित्न सफल हुँदै सिरिजमा १-० ले अग्रता लिन सफल भयो।पहिलो टी-२० खेलमा उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेका एडुपल नेपालका बलर संगित सिंह म्यान अफ दी म्याच घोषित हुन सफल भए।

३ टी-२० सिरिज अन्तर्गत दोश्रो टी-२० खेल पर्सि मंगलबार बिहान ०९:३० बजे धनगढीको फाप्ला क्रीकेट मैदानमा सुरु हुने आयोजक एडुपल नेपालका प्रवन्धक टेक पन्त ज्यूले बताउनुभयो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]