- विकेटनेपाल, माघ २९ – सोमबार
आईसिसी विश्व क्रिकेट लिग अन्तर्गत जारि नेपाल र केन्या बिचको खेलमा नेपालका कप्तान पारस खड्का पछी भरपर्दा मानिएका शरद भेसावाकर पनि आउट भएका छन् । चौथो विकेटको रुपमा पारस ४२ रन बनाएर आउट भए भने शरद पनि १९ रन बनाएर पेभेलियन फर्किए ।
नेपालले यो समाचार तयार पार्दासम्म २६ ओभरमा ५ विकेटको क्षतिमा ८७ रनमात्र बनाएको छ र जितको लागि २४ ओभरमा ९१ रनको आबश्यकता छ ।
कुनै समय १४ रनमा ३ विकेट गुमाएको नेपाललाई पारस र शरदले ५५ रनको साझेदारी गर्दै सम्हालेका थिए तर त्यसपछि दुवै जना ब्याट्सम्यानले रन गतिलाई अगाडी बढाउन सकेनन् ।
नामिबियामा जारि खेलमा केन्याले पहिले ब्याटिंग गरेपछि ५० ओभरमा ८ विकेट गुमाएर १७७ रनको योगफल तयार पारेको थियो ।
अहिले क्रिजमा आरिफ शेखले ६ तथा रोहित पौडेलले ५ रन बनाएर ब्याटिंग गरिरहेका छन् ।
Feature Image: Paul Radley