शुक्रवारबाट राजधानीमा यू-१६ नेक्सस इन्टर एकेडेमी टि-२० क्रिकेट प्रतियोगिता सुरुहुने

  • विकेटनेपाल, मङ्सिर-६ बिहिबार

यहि मङ्सिर ७ गतेबाट काठमाडौंमा दोस्रो संस्करणको यू-१६ इन्टर एकेडेमी टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरुहुने भएको छ। नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा संचलानहुने प्रतियोगिता मङ्सिर १४ गतेसम्म चल्ने छ।

आयोजक नेक्सस क्रिकेट एकेडेमीले बिहिबार प्रेस बिज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको जानकारी गराएको हो। प्रतियोगिता अन्तर्गतका सम्पूर्ण खेलहरु मुलपानी मैदानमा खेलाइने जानकारी समेत आयोजकले दिएको छ।

प्रतियोगिताको दोस्रो संस्करणमा देशभरका दर्तामा रहेका एकेडेमीहरुको मात्र सहभागिता रहेको छ। यसअघि गत बर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा देशभरका २८ टोलीको सहभागिता रहेको थियो। पहिलो संस्करणको प्रतियोगितामा १६ बर्ष मुनिका ३९२ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।

प्रशिद्ध एक्सन पोलिमर प्राइभेट लिमिटेडको उत्पादन मिलानोको प्रायोजन रहेको प्रतियोगितामा ११ एकेडेमी र १ क्लब गरी १२ टोलीको सहभागिता रहेको छ। सहभागी १२ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। हरेक समुहबाट शिर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताको समुह “ए” मा ओएसिस क्रिकेट एकेडेमी, युनाइटेड क्रिकेट एकेडेमी झापा र युनाइटेड क्रिकेट क्लब बिरगंज रहेका छन्। यस्तै समुह “बि” मा सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर, ग्रेटर हिमालय क्रिकेट एकेडेमी काठमाडौं र आयोजक नेक्सस क्रिकेट एकेडेमी “बि” रहेका छन्। उता समुह “सि” तर्फ वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, चितवन क्रिकेट एकेडेमी र मिड-वेष्टर्न क्रिकेट क्लब कोहलपुर रहंदा समुह “डी” तर्फ नेक्सस क्रिकेट एकेडेमी “ए”, लालीगुराँस क्रिकेट एकेडेमी झापा र स्याङ्जा क्रिकेट एकेडेमी रहेका छन्।

दोस्रो संस्करणको यू-१६ मिलानो नेक्सस इन्टर एकेडेमी टि-२० क्रिकेट प्रतियोगिताको बिजेता टोलीका खेलाडीहरुले रु. १ लाख ११ हजार १ सय ११ बराबरको खेल सामग्री तथा  ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। यस्तै उप -बिजेताले भने रु. ६१ हजार १ सय ११ बराबरको खेल सामग्री प्राप्त गर्ने समेत आयोजकले जनाएको छ।

यस्तै प्रतियोगिताका ४ उत्कृस्ट खेलाडीहरुलाई नेक्सस क्रिकेट एकेडेमीले १ बर्षका लागि भारतको दिल्लीमा निशुल्क प्रशिक्षण प्रधान गर्ने छ।    प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अन्य ५ खेलाडी समेत नेक्सस क्रिकेट एकेडेमीमा १ बर्षका लागि निशुल्क प्रशिक्षण पाउनेछन्।

यू-१६ प्रतियोगिता रहेकाले आयोजकले बि.सं २०५९ मङ्सिर १ गते यता जन्मिएका खेलाडीहरुलाई मात्र सहभागिता खुलाएको छ। यस्तै आयोजकले प्रतियोगिता सहज संचालन गर्नका लागि प्रबल गौतम, रबिन्द्र गुप्ता र दिनेश आग्रीको ३ सदस्यीय संचालन समिति समेत गठन गरेको छ।

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]