नेक्सस कप सुरु : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर र बालुवाटार क्रिकेट क्लब विजयी

नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुदबिकास समितिको संयुक्त आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदान नेक्सस कप सिजन-४ अन्डर सिक्सटिन क्रिकेट प्रतियोगीता सुरु भएको छ।

सोमबार सम्पन्न भएको पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमी ‘बी’लाई १८९ रनले पराजित गर्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले विजयी यात्रा शरु गरेको छ भने आजै सम्पन्न दोश्रो खेलमा बालुवाटार क्रिकेट क्लब काठमाण्डौले एन्जल स्पोटर्स एकेडेमीलाई १८ रनले पराजित गर्यो।

आज सम्पन्न पहिलो खेलमा टस हारेर ब्यटिङको निम्तो पाएको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित २० ओभर खेल्दै १ विकेटको क्षेतीमा २६६ रनको बिसाल योगफल बनाएको थियो । नेक्सस कपको चौथो संस्करण सम्मपुग्दाउक्त स्कोर हाल सम्मकै उच्च हो । काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका ब्याट्सम्यानदिपक डुम्रेले ७४ बलमा १५ छक्का र १४ चौका प्रहार गर्दै १८२ रनको अविजित पारि खेलेका थिए। उनले नेक्सस कपको हाल सम्मकै बढी स्कोर बनाएका हुन्। अर्का ब्याटसम्यान समिर वलीले ९ चौका १ छक्काको मद्दतले ४३ बलमा ५३ रन बनाए।

बलिङतर्फ नेक्सस ‘बी’का सुमन गिरीले १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रेको नेक्सस ‘बी’ ले १६.२ओभरमा १० विकेट गुमाउदै ७७ रन मात्र बनाउदा विशाल अन्तरले हार ब्यहोरेको छ । नेक्सस ‘बी’ का ब्याट्सम्यान बिबेक न्यौपानेले २८ रन र दिब्य भुषालले १८ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका म्यान अफ द म्याच घोषित दिपक डुम्रेले ४ विकेट र सबिन थापाले २ विकेट लिएका थिए ।

दोश्रो खेलमा टस जितेर ब्यटिङ रोजेको बालुवाटार क्रिकेट क्लबले निर्धारित २० ओभरमा १६.३ ओभर खेल्दै १० विकेटको क्षेतीमा ९८ रन बनाएको थियो । बालुवाटार क्रिकेट क्लबका ब्याट्सम्यान निकेश गुप्ताले १९ रन र निकेश थापाले १७ रन बनाएका थिए भने ४३ अतिरिक्त रन प्राप्त भएको थियो ।

बलिङतर्फ एन्जल स्पोटर्सका युबराज खत्री,अजय कुवर, बरुन गौतम र बिपिन न्यौपानेले समान २/२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको एन्जल स्पोटर्सले १६.१ ओभर खेल्दै १० बिकेट गुमाएर ८० रनमै समेटिएको थियो । एन्जल स्पोटर्सका ब्याट्सम्यान रोजल राउतले २४ रन र पवन रायले २२ बनाएका थिए ।

बलिङतर्फ बालुवाटार क्रिकेट क्लबका म्यान अफ द म्याच घोषित अमोङ पौडेलले ४ ओभर बलिङ गर्दै ११ रन खर्चैर ४ बिकेट लिए भने निकेश गुप्ताले ३ विकेट र हृदय गिरीले २ विकेट लिएका थिए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy