नेक्सस कप सुरु : काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टर र बालुवाटार क्रिकेट क्लब विजयी

नेक्सस क्रिकेट एकेडेमी र कागेश्वरी मनोहरा नगर खेलकुदबिकास समितिको संयुक्त आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदान नेक्सस कप सिजन-४ अन्डर सिक्सटिन क्रिकेट प्रतियोगीता सुरु भएको छ।

सोमबार सम्पन्न भएको पहिलो खेल आयोजक नेक्सस क्रिकेट एकेडेमी ‘बी’लाई १८९ रनले पराजित गर्दै काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले विजयी यात्रा शरु गरेको छ भने आजै सम्पन्न दोश्रो खेलमा बालुवाटार क्रिकेट क्लब काठमाण्डौले एन्जल स्पोटर्स एकेडेमीलाई १८ रनले पराजित गर्यो।

आज सम्पन्न पहिलो खेलमा टस हारेर ब्यटिङको निम्तो पाएको काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरले निर्धारित २० ओभर खेल्दै १ विकेटको क्षेतीमा २६६ रनको बिसाल योगफल बनाएको थियो । नेक्सस कपको चौथो संस्करण सम्मपुग्दाउक्त स्कोर हाल सम्मकै उच्च हो । काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका ब्याट्सम्यानदिपक डुम्रेले ७४ बलमा १५ छक्का र १४ चौका प्रहार गर्दै १८२ रनको अविजित पारि खेलेका थिए। उनले नेक्सस कपको हाल सम्मकै बढी स्कोर बनाएका हुन्। अर्का ब्याटसम्यान समिर वलीले ९ चौका १ छक्काको मद्दतले ४३ बलमा ५३ रन बनाए।

बलिङतर्फ नेक्सस ‘बी’का सुमन गिरीले १ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रेको नेक्सस ‘बी’ ले १६.२ओभरमा १० विकेट गुमाउदै ७७ रन मात्र बनाउदा विशाल अन्तरले हार ब्यहोरेको छ । नेक्सस ‘बी’ का ब्याट्सम्यान बिबेक न्यौपानेले २८ रन र दिब्य भुषालले १८ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ काठमाण्डौ क्रिकेट ट्रेनिङ सेन्टरका म्यान अफ द म्याच घोषित दिपक डुम्रेले ४ विकेट र सबिन थापाले २ विकेट लिएका थिए ।

दोश्रो खेलमा टस जितेर ब्यटिङ रोजेको बालुवाटार क्रिकेट क्लबले निर्धारित २० ओभरमा १६.३ ओभर खेल्दै १० विकेटको क्षेतीमा ९८ रन बनाएको थियो । बालुवाटार क्रिकेट क्लबका ब्याट्सम्यान निकेश गुप्ताले १९ रन र निकेश थापाले १७ रन बनाएका थिए भने ४३ अतिरिक्त रन प्राप्त भएको थियो ।

बलिङतर्फ एन्जल स्पोटर्सका युबराज खत्री,अजय कुवर, बरुन गौतम र बिपिन न्यौपानेले समान २/२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रेको एन्जल स्पोटर्सले १६.१ ओभर खेल्दै १० बिकेट गुमाएर ८० रनमै समेटिएको थियो । एन्जल स्पोटर्सका ब्याट्सम्यान रोजल राउतले २४ रन र पवन रायले २२ बनाएका थिए ।

बलिङतर्फ बालुवाटार क्रिकेट क्लबका म्यान अफ द म्याच घोषित अमोङ पौडेलले ४ ओभर बलिङ गर्दै ११ रन खर्चैर ४ बिकेट लिए भने निकेश गुप्ताले ३ विकेट र हृदय गिरीले २ विकेट लिएका थिए ।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]