सुबोध ऐरको अलराउण्ड प्रदर्शन, सनराईज र नेक्सस सेमीफाइनलमा

  • विकेटनेपाल, मङ्सिर ९ – आइतबार

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलहरुमा आयोजक नेक्सस क्रिकेट एकेडेमी र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगरले जित हात पारेका छन्। जितसँगै दुबै टिमले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

नेक्सस क्रिकेट एकेडेमीद्वारा लालीगुराँस क्रिकेट एकेडेमी पराजित

मुलपानी मैदानमा सम्पन्न खेलमा आयोजक नेक्सस क्रिकेट एकेडेमीले लालीगुराँस क्रिकेट एकेडेमी झापालाई ५३ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिंग गरेको नेक्ससले १८ ओभरमा सबै विकेट गुमाएर ११८ रन बनाएको थियो।

पहिलो ओभरमानै महत्वपुर्ण २ विकेट गुमेपछि लगातार ४ ओभरमा ४ विकेट गुमाउँदै जम्मा १५ रन मात्र बनाएको थियो। धरासायी बनिसकेको नेक्ससलाई ओम प्रकाश शाह र क्रिस कार्कीले सम्हालिदै ७४ रनको साझेदारी गरेपछि मध्यम स्कोर बनेको थियो। ओमप्रकाश शाहले ४२ बल खेल्दै ४ चौकाको मद्वतमा ४१ रन र क्रिस कार्कीले २२ बलमा १ छक्का ४ चौका प्रहार गर्दै ४० रन बनाएका थिए।

लालीगुराँसका सुरुवाती बलर डिकेन थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चैर ३ विकेट लिँदा उज्ज्वल राजभण्डारीले पनि ३ विकेट लिए। बिराज तामाङ २ र अभिषेक मेहेताको नाममा १ विकेट रह्यो।

१ सय १९ रनको बिजयी लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको लालीगुराँस झापाले २० ओभर खेल्दै ९ विकेटको क्षतीमा मात्र ६५ रन बनाउन सक्यो। बेन्जामिन खत्रीले १९ र मौसम कडरीयाले १५ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।

बलिङ तर्फ नेक्ससका सुमन सुन्दास असिमले ४ ओभरमा २० रन दिदै ४ विकेट लिएका थिए भने क्रिस कार्की, समिर बिष्ट, बिशाल के सी र बिनोद बिष्टले समान १/१ वीकेट लिए। म्यान अफ दि म्याच घोषित क्रिस कार्कीलाई प्रदेश नं.७ का प्रमुख प्रशिक्षक बिरेन्द्र शाहीले ट्रफी प्रदान गर्नुभएको थियो।

ग्रेटर हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै सनराईज महेन्द्रनगर समूह बिजेता

आजै सम्पन्न दोस्रो खेलमा सनराईज महेन्द्रनगरले ग्रेटर हिमालयनलाई ८ विकेटले पराजित गर्दै समूह बिजेता बनेको छ।

टस जितेर पहिले ब्याटिंग गरेको ग्रेटर हिमालयनले १८.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाउन सकेको थियो। उसका दिपक बोहोराले २५ बलमा ७ चौका प्रहार गर्दै ३८ रन र बिशाल थापाले ११ बलमा १३ रन बनाएका थिए।

सनराईज महेन्दनगरका पारस छेत्रीले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर ५ बिकेट लिएका थिए भने सुबोध ऐरले ४ ओभरमा १७ रन दिदै ४ विकेट लिन सफल भएका थिए।

१०७ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको सनराईज महेन्द्रनगरका म्यान अफ दि म्याच घोषित सुबोध ऐरले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ५९ को पारी खेलेका थिए। अर्का ब्याट्सम्यान प्रबिन भट्टले २७ रन बनाएका थिए। बिश्व बिध्यालय क्रिकेट क्लबका अध्यक्ष सुमन कार्कीले ऐर लाइ म्यान अफ दि म्याच को ट्रफी प्रदान गर्नु भएको थियो।

यी सेमिफाइनलमा प्रवेश गरेका दुई टिमले १३ गते सेमिफाइनल खेलमा एक-अर्काको सामना गर्नेछन्।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy