युनाइटेड र सनराइज क्रिकेट एकेडेमी उपाधीका लागि भिड्ने

  • विकेटनेपाल १३ मङ्सिर, काठमाण्डौ

मिलानो नेक्सस कप यू-१६ टि-२० क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न सेमिफाइनल खेलहरुमा जित दर्ता गर्दै युनाइटेड क्रिकेट एकेडेमी बिरगंज र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगर फाइनल प्रवेश गरेका छन।

मुलपानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो खोलमा युनाइटेड क्रिकेट एकेडमी बिरगंजले चितवन क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिंगमा उत्रिएको चितवनले २० ओभरमा ९ विकेटको नोक्सानीमा १२१ रन बनाएको थियो। चितवनका राम कार्कीले ३०, बिकल गुप्ताले २७ रन बनाएका थिए।

बलिङ तर्फ बिरगंजका ब्यास यादव, अभय सिंह, निखिल सिंह, सम्साद अलि र इमरान शेखले समान १/१ बिकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको बिरगंजले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। बिरगंजका लागि प्लेयर अफ दि म्याच घोषित सैफ अलिले ९ चौका प्रहार गर्दै ४७ रन बनाएका थिए।

बलिङ तर्फ चितवनका आयुष लम्सालले २ विकेट लिएपनि जित दिलाउन सकेनन्।

दिनको दोस्रो खेलमा आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई महेन्द्रनगरले ७ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङमा उत्रिएको नेक्ससले १७ ओभरमा १० विकेट गुमाएर ९४ रनमै समेटिएको थियो। नेक्ससका ओप्रकास शाहले १८ र क्रिस कार्कीले १२ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेका थिएनन्।

महेन्द्रनगरको बलिंगमा म्यान अफ दि म्याच घोषित बलर राहुल भण्डारीले ४ विकेट हात पारे। यस्तै प्रेम धामीको नाममा ३ विकेट रह्यो।

जवाफी ब्याटिङमा महेन्द्रनगरले १३.१ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्यो। उसका लागि सुबोध ऐरले ४१ र अनुप चन्दले १९ रन बनाएका थिए।

प्रतियोगिताको फाईनल खेल शुक्रवार बिरगंज र महेन्द्रनगरका बीच मुलपानी मैदानमा खेलिने छ। प्रतियोगिताको बिजेताले १ लाख ११ हजार १ सय १ रुपैया बराबरको खेल सामाग्री, ट्रफी, मेडल पाप्त गर्ने छन भने उप बिजेताले ६१ हजार १ सय १ रुपैया बराबरको खेल सामाग्री, ट्रफी, मेडल पाप्त गर्ने छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]