नेक्सस कप : नेक्सन ‘ए’ र ग्रेट हिमालय विजयी

चौथो संस्करणको नेक्सस कप यू-१६ टि-२० क्रिकेट प्रतियोगिता दोस्रो दिन मंगलबार आयोजक नेक्सस क्रिकेट एकेडेमी ए (एनसिए) र वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए) ले विजयी भएका छन् ।

एनसिए ए ले हिमालय क्रिकेट एकेडेमी लाई १० रनले पराजित गरेको थियो । दास्रो खेलमा जिएचसिएले ओसिस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा टस जितेर ब्यटिङ रोजेको एनसिए ए १७.५ ओेभरमा ८६ रनमा अल आउट भएको थियो । नरेन भट्टले २३ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन बनाए । गोबिन्द बिष्ट र भुपेन्द्र आचार्यले समान १०–१० रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्तोस के.सी ले ४ ओभर बलिङ गर्दै १२ रन खर्चिदै ३ विकेट लिए । दीपक बोहोरा र केशब भट्टराईले समान २ विकेट लिए ।

जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको हिमालयन १७.३ ओभरमा ७६ रनमा अल आउट भयो । दीपक बोहोराले ३९ रन र सन्दीप शाहीले १३ रन बनाउदा अन्यले दोहोरो अंकमा बनाउन सकेनन्। गोविन्द बिष्टले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । समिर बिष्ट र पप्पु राय ले समान २ विकेट लिए । खेलको म्यान अफ द म्याच नेक्ससका नरेन भट्ट घोषित भएका थिए ।

दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको जिएचसिएले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । रन्जित यादवले ४२ बलमा १ छक्का ७ चौका सहित ५१ बनाए । अभय घर्तीले २१ रन र निस्चय थापाले १५ रन जोडे । राज श्रेष्ठ, बिशाल सेवा, अभिजित सुनार र रोशन पराजुलीले २–२ विकेट लिए ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको ओसिस क्रिकेट एकेडेमीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । सम्राट भुषालले ५२ बलमा ७ चौकाको सहयोगमा ५४ रन बनाए । भुपाल दंगालले ४३ बलमा ३४ रन बनाए । पुरन थापाले ३ विकेट र सुरज रावलले १ बिकेट लिएका थिए ।





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]