नाइजेरियाले रच्यो इतिहास, पहिलोपल्ट यु१९ विश्वकपको लागि छनोट

  • विकेटनेपाल, चैत्र ११ – सोमबार

नाइजेरियाले सन् २०२० मा आयोजना हुने यु१९ विश्वकपको लागि भएको अफ्रिका छनोट अन्तर्गत पहिलो स्थान हात पार्दै आफ्नो स्थान सुरक्षित गर्यो। उसले अन्तिम खेलमा सिएरा लियोनलाई रोमान्चक २ विकेटले पराजित गरेको हो।

शनिबार नामिबियामा सम्पन्न खेलमा कुनै समय हारको नजिक पुगेको उसले ऐतिहासिक जित निकालेको हो। सिएरा लियोनले पहिले ब्याटिंग गर्दै दिएको १३९ रनको लक्ष्य पछ्याएको नाइजेरियाले ४४.२ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो।

नाइजेरियाले मात्र ९१ रनको योगफलमा ३७.२ ओभरमा ७ विकेट गुमाएपछी सिएरा लियोन जिततर्फ अग्रसर देखिएको थियो। त्यसपछि खेलमा प्लेयर अफ द म्याच घोषित पिटर अहोले ३२ बलमा अविजित २१ रनको पारि खेले। यसअघि डनल्याडले महत्त्वपूर्ण २५ रन बनाएका थिए।  बलिंगतर्फसिएरा लियोनका संकोहले १३ रन खर्चेर ३ विकेट लिए।

प्लेयर अफ द म्याच घोषित पिटर अहो (तस्बिर: आइसीसी)

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको सिएरा लियोनले ३७.२ ओभरमा सबै विकेट गुमाएर १३८ रन बनाएको थियो। उसका लागि कमारा हेनरीले ५८ रन र संकोहले ५० बलमा २४ रन बनाएका थिए।

बलिंगतर्फ नाइजेरियाका मोहम्मद ताइवो, अब्दुलरमन जोमोह, पिटर अहो र अबोलरिन रसीदले समान २/२ विकेट लिए।

सोहि मैदानमा नै अघिल्लो खेलमा नामिबियाले केन्यालाई १९८ रनको फराकिलो अन्तरले पराजित गरेपछि नाइजेरियालाई विश्वकपमा स्थान बनाउन सामान्य जितमात्र काफी थियो।

लिग चरणमा आयोजना भएको प्रतियोगिता अन्तर्गत प्रतियोगिताको अन्त्यमा शीर्ष स्थानमा रहने टिमले विश्वकमा स्थान बनाउने नियम रहेको थियो। नाइजेरियाले प्रतियोगिता अन्तर्गत खेलिएका सम्पूर्ण खेलमा जित निकाल्यो भने दोश्रो स्थानमा रहेको नामिबिया १ खेलमा पराजित हुन पुग्यो।

अङ्क-तालिका

Team

Played

Won

Lost

Tied

No Result

Points

NRR

Nigeria

5

5

0

0

0

10

1,237

Namibia

5

4

1

0

0

8

2,760

Uganda

5

3

2

0

0

6

0,581

Sierra Leone

5

2

3

0

0

4

-0,880

Kenya

5

1

4

0

0

2

-1,268

Tanzania

5

0

5

0

0

0

-2,668

नेपाल पनि अप्रिल दोश्रो साताबाट मलेसियामा आयोजना हुन लागेको एसियाली छनोट प्रतियोगिताको लागि भारत भ्रमणमा रहेको छ। प्रतियोगितामा आयोजक मलेसिया , नेपाल , ओमान , सिंगापुर,युएई र कुवेत रहेका छन् । यस प्रतियोगिताको बिजेताले विश्वकपमा स्थान बनाउनेछ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy