निलम्बनका बाबजुद जिम्बाब्वे बंगलादेशमा त्रिकोणात्मक सिरिज खेल्न सक्ने

बंगलादेशले आगामी महिना सेप्टेम्बर १३ देखि २४ सम्म अफगानिस्तान र जिम्बाब्वे सम्मिलित त्रिकोणात्मक सिरिजको आयोजना गर्ने भएको छ। बंगलादेश क्रिकेट बोर्डले बुधबार यसको घोषणा गरेको छ।

अफगानिस्तानसंग एउटा सेप्टेम्बर ५ देखि ९ सम्म एकमात्र टेस्ट खेलेपछि सिरिज सुरु हुनेछ।

जिम्बाब्वेलाई गत महिना आईसीसीले निलम्बन गरेको थियो भने मंगलबार अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप छनौटमा समेत सहभागी नगराउने निर्णय गरेको थियो। त्यसका बाबजुत जिम्बाबेले बंगलादेशमा त्रिकोणात्मक सिरिज खेल्ने भएको हो। निलम्वन पछि जिम्बाब्वेले खेल्ने यो पहिलो सिरिज हुनेछ।

बंगलादेश क्रिकेट बोर्डका सीइओ निजामुद्दिन सिद्दीकिले क्रिक्बजसंगको कुराकानीमा जिम्बाब्वे क्रिकेट बोर्डले आईसीसीको सेडुल मिटिंगमा आग्रह गरे पछि त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको बताएका छन् –

“आईसीसीको विदेश टुर कार्यक्रम तालिका अनुसार अफगानिस्तानले एउटा टेस्ट, एकदिवसीय र टि-२० खेल्न बंगलादेश भ्रमण गर्ने थियो। हामीले यसलाई त्रिकोणात्मक बनाउने निर्णय जिम्बाब्वे बोर्डको अनुरोध पछि गरेका थियौं।”

“जिम्बाब्वेलाई समावेश गर्दा खेलको स्टाटस बारे कुनै पनि समस्या छैन। उनीहरुले आईसीसीले आयोजना गर्ने प्रतियोगितामा सहभागिता हुन नपाउने हो”

आईसीसीले जिम्बाबे बोर्डलाई निलम्बन गर्दै सम्पूर्ण आर्थिक सहयोगबाट समेत बन्चित गरेको छ।

यो पनि पढ्नुस – ‘आईसीसी अरु सरप्राइज छ भने लाज नमानी बाहिर ल्याउनु’ – सिकन्दर राजा

“निलम्बन पछि सिरिजमा सहभागिता बारे अन्योलमा थियौं तर जिम्बाबे बोर्डले समस्या सुल्झाउन केहि समय दिन अनुरोध गरेको छ। आशा गर्छु जिम्बाबेले छिट्टै सहभागिता बारे अन्तिम निर्णय दिनेछ ” सिद्दिकीले १-२ दिनमै जिम्बाबेले सहभागिता बारे निर्णय दिन सक्ने बताएका छन्। सिद्धिकीले जिम्बाबे केहि गरि नआएको खण्डमा बंगलादेश र अफगानिस्तानको सिरिज हुने समेत बताएका छन्।

निलम्बन फुकुवाको बाटोमा जिम्बाबे क्रिकेट रहेको र यो सम्बन्धमा सकारात्मक पहल भइरहेको पनि सिद्धिकिले बताएका छन्।


बंगलादेशले त्रिकोणात्मक सिरिज अन्तर्गत सेप्टेम्बर १३ मा अफगानिस्तानसंग खेल्दै सुरुवात गर्नेछ भने अफगानिस्तानले अर्को दिन जिम्बाबेसंग खेल्नेछ। जिम्बाबे र बंगलादेश बीचको एकदिवसीय सिरिजबाट बंगलादेश बोर्डले एकदिवसीय कप्तान मश्रफे मोर्तजालाई विदाई गर्न योजना बनाएको क्रिक्बजले लेखेको छ।

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]