एलपीएल : लिटिल फ्लावर र विज्डम विजयी

कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत शुक्रवार भएका खेलमा लिटिल फ्लावर वोर्डिङ स्कुल धनगढी र विज्डम एकेडेमी बेलौरी कञ्चनपुर विजयी भएका छन्।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएका लिग चरणमा खेलमा लिटिल फ्लावरले शारदा मावि वैयावेहडीलाई २० रनले हराएको हो भने विज्डम एकेडेमीले काठमाण्डौंको हिमालय ह्वाईट हाउस स्कुललाई विकेटले किनारा लगाएको हो।

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवारको आफ्नो पहिलो खेलमै जित निकाल्दै लिटिल फ्लावर स्कुल धनगढीले सानदार सुरुवात गरेको छ। शुक्रवार बिहान सम्पन्न पहिलो खेलमा समूह ‘ए’ अन्तर्गत लिटिल फ्लावरले शारदा मावि धनगढीलाई २० रनले पराजित गरेको हो । लगातार दोस्रो खेलमा पराजित भएको शारदा मावि भने प्रतियोगिताबाट बाहिरिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनको स्कोर बनायो। लिटिल फ्लावरका लागि कप्तान विपिन रावलले ५६, शेर मल्लले अविजित २५, सुरज तिरुवाले २१, अनिल थापाले १४ र विशाल भट्टले १० रनको योगदान दिए। शारदाका कप्तान सिप्टन अन्सारी, योगेन्द्र साउँद, राहुल भण्डारी र दिपक टमटाले १/१ विकेट लिए ।

१४६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङ गरेको शारदाले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाउन सक्यो। उसका लागि राजन सिंहले ५१, राहुल भन्डारीले १९ र कप्तान सिप्टन अन्सारीले १३ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन। लिटिल फ्लावरलाई जिताउन शेर मल्ल र दिपक रोकायाले २/२ विकेट लिए। लिटिल फ्लावरका शेर मल्ल खेलको म्यान अफ द म्याच भए।

विज्डम एकेडेमी कंञ्चनपुरको पहिलो जित 

शुक्रबार सम्पन्न दोस्रो खेलमा विज्डम एकेडेमी कंञ्चनपुरले पहिलो जित निकालेको छ। विस्डम एकेडेमीले ह्वाईट हवास काठमान्डौलाई ४ विकेटले पराजित गरेको हो। जिसँगै विज्डम एकेडेमीले अघिल्लो चरण प्रवेशको सम्भावनालाई भने कायम राखेको छ यद्यपि उसले लिग चरणमा कैलाली मोडल स्कुलको नतिजा पर्खनु पर्नेछ।

टस हारेर पहिला ब्याटिङ ह्वाईट हाउस काठमान्डौ १५ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो। ह्वाईट हाउसका लागि कप्तान सुशान्त सिहले २१, अरुण ऐरीले १६ र फ्रिदोस अन्सारीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहरो रनको स्कोर जोड्न सकेनन्। ह्वाईट हाउसलाई सस्तैमा समेट्ने क्रममा विज्डमका चन्द्र सिह कार्कीले ३, कैलाश ऐर र बसन्त सिंह कार्कीले २/२ विकेट लिए ।

८८ रनको समान्य लक्ष्य विज्डमले १४ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै भेट्यो। विज्डमको लागि कप्तान लोकेश बमले २४, बसन्त सिह कार्कीले १५ रन बनाए । ह्वाईट हाउसका अमृत सिह, शुसान्त सिह र रमेश भट्टले २/२ विकेट लिए। विज्डमका चन्द्र सिंह कार्की खेलको म्यान अफ द म्याच भए।

प्रतियोगिता अन्तर्गत भोली साविक विजेता सिद्धार्थ सिसु सदन र सरस्वती मावि गेटा बीच पहिलो खेल हुनेछ भने लिटिल फ्लावर र क्यास्पीयन एकेडेमी बीच दोस्रो खेल हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए। प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]