एलपिएल : लिटिल बुद्ध र लिटिल फ्लावर फाइनल प्रवेश

  • विकेटनेपाल – ३ मङ्सिर, सोमबार

धनगढीमा जारी तेस्रो निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने भएका छन्। सोमबार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै दुबै टोलिले फाइनलमा स्थान बनाएका हुन्।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा लिटिल फ्लावरले साबिक बिजेता सिद्धार्थ सिसु सदनलाई ५ विकेटले पराजित गर्यो। यस्तै दिनको दोस्रो खेलमा हिमालयन वाईट हाउसलाई १३ रनले हराउंदै लिटिल बुद्धले फाइनलमा लिटिल फ्लावरसंगको भेट पक्का गरेको हो।

सुरज तिरुवोले उत्कृस्ट प्रदर्शन गर्दा लिटिल फ्लावरले पहिलो सेमिफाइनलमा सिदार्थ शिशु सदनमाथि ५ विकेटको जित दर्ता गर्यो। टस जितेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सिद्धार्थले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनको योगफल तयार गरेको थियो।

सिद्धार्थले दिएको १०३ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। खेलको म्यान अफ दि म्याच लिटिल फ्लावरका सुरज तिरुवो घोषित भए।

 

Suraj Tiruwo

 

यस्तै सोमबारनै सम्पन्न दोस्रो सेमिफाइनलमा लिटिल बुद्धले काठमाडौंको हिमालयन वाईट हाउसलाई १३ रनले पछि पार्यो। टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल तयार गरेको थियो।

जवाफमा १५१ रनको लक्ष्य पछ्याएको हिमालयन ह्वाईट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र जोड्न सकेपछि खेल १३ रनले गुमाउन पुग्यो। लिटिल बुद्धका नारायण जोशी खेलको म्यान अफ द म्याच भए।

प्रतियोगिताको फाइनल खेल मङ्सिर ४ गते (मंगलवार) खेलिनेछ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए। प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।





थप समाचार

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]