राजस्थानसँगको जितपछि कोलकत्ता शिर्ष स्थानमा उक्लियो

  • विकेटनेपाल, बैसाख ६ – बिहिबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै कोलकाता नाइटराइडर्स अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने राजस्थान भने पाचौं स्थानमा यथावत रहेको छ ।

राजस्थानले दिएको १६४ रनको लक्ष्य पछ्याएको कोलकत्ताले ७ बल अगावै मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो । क्रिस लिनलाई मात्र १ रनमा गुमाएको उसका लागि सुनिल नारायणले ३५ रन (२५ बल, ५ चौका, १ छक्का) र रबिन उथ्थापाले ४८ रन (३६ बल, ६ चौका, २ छक्का) बनाउंदै दोश्रो विकेटको लागि ६९ रन तथा चौथो विकेटको लागि कप्तान दिनेश कार्तिकले अविजित ४२ रन (२३ बल, २ चौका, २ छक्का) र नितिश रानाले ३५ रन (२७ बल, २ चौका, १ छक्का) बनाउंदै ६१ रनको साझेदारी गरेका थिए ।

बलिंगतर्फ राजस्थानका लागि कृष्णप्पा गोव्थाम एकमात्र विकेट लिएका बलर रहे जसले ४ ओभरमा २३ रन खर्चिएर २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको राजस्थानले उत्कृस्ट सुरुवातका बाबजुत २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान अजिंक्या रहानेले ३६ रन (१९ बल, ५ चौका, १ छक्का) र डार्सी सर्टले ४४ रन (४३ बल, ५ चौका, १ छक्का) प्रहार गर्दै पहिलो विकेटको लागि ५४ रनको साझेदारी गरेका थिए । जोश बटलरले १८बलमा २४ रन बनाए ।

बलिंगतर्फ कोलकत्ताका नितिश रानाले २ विकेट लिन २ ओभरमा ११ रन तथा टोम करनले समान २ विकेट लिन २ ओभरमा १९ रन खर्चिए ।

खेलमा अविजित ३५ रन बनाउनुका साथै २ महत्त्वपुर्ण विकेट लिएका नितिश राना म्यान अफ द म्याच चुनिए ।

अंकतालिका





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]