नेपालको अत्यन्त खराब सुरुवात, आसिफ एक किनार सम्हाल्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा पपुवा न्यु गिनीले दएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ।

नेपालले १२ ओभर समाप्तिमा ३ विकेट गुमाउदा २७ रन बनाएको छ। क्रिजमा आसिफ शेख ३१ बलमा १ चौका मद्दतले १२ रनमा तथा रोहित पौडेल ८ बलमा १ रन बनाएर अविजित छन्। कुशल भुर्तेल १, ज्ञानेन्द्र मल्ल ४ तथा दिपेन्द्र ऐरी ८ रन बनाएर आउट भए।

ओपनर कुशल भुर्तेल दोश्रो ओभरमा अले नाओबाट विकेटपछाडी क्याच आउट भए। तेश्रो ओभरमा ज्ञानेन्द्र मल्ल नोर्मन भानुवाबाट एलबिडब्लु भए। दशौँ ओभरमा दिपेन्द्र ऐरी राइली हेकुरेबाट क्याच आउट हुन् पुगे।

टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा २०४ रन बनाएको थियो।

पपुवा न्यु गिनीको लागि चार्ल्स अमिनीले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ८२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। चाड सोपरले ३५, टोनी उराले २७, लेगा सियाकाले २५,  नोर्अमन भानुवाले २३ तथा असद भालाले १९ रन बनाए। हेर्नुस स्कोरकार्ड 

पपुवा न्यु गिनीका ओपनर टोनी उरा र लेगा सियाकाले अर्धशतकीय साझेदारी गरे। दशौँ ओभरमा आरिफ शेखले उरालाई विकेटपछाडी क्याच आउट पारे। तेह्रौं ओभरमा कप्तान सन्दिपले सियाकालाई बोल्ड गरे। तेश्रो विकेटको लागि कप्तान असद भाला र चार्ल्स अमिनीले ३५ रन जोडे। चौबिसौं ओभरमा भालालाई ज्ञानेन्द्र मल्लले पहिलो अन्तर्राष्ट्रिय विकेट लिंदै क्याच आउट पारे। लगत्तै ओभरमा खाता नखोली हिरी मल्लबाट रन आउट भए।

९१/४ को अवस्थामा पुगेको पपुवा न्यु गिनीको इनिंग्स अमिनी र चाड सोपरले अर्धशतकीय साझेदारी गर्दै उकासे। दुवैले ७४ रनको साझेदारी गरे जसलाई पैतालीसौं ओभरमा सोमपाल कामिले अमिनीलाई क्याच आउट पार्दै तोडे। त्यसपछि केहि आक्रामक सट खेलेका भानुवा अड्चालीसौं ओभरमा रन आउट भए। ४९ औं ओभरमा सोमपालले चाड सोपर सहित दुई विकेट लिए। अन्तिम ५ ओभरमा उसले

नेपालको बलिंगमा सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा ४८ रन खर्चिए। आरिफ शेख ( ६-०-१६-१ )  सन्दीप लामिछाने ( १०-०-३०-१ ) र ज्ञानेन्द्र मल्ल ( २-०-६-१ ) ले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्यु गिनी युएईसंग पराजित भैसकेको छ।

 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]