शनिवार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर बीचको खेलमा इसुरु उडानाले केन विलियमसनलाई गरेको टाउकोको समानान्तर रहेको फुल टस बललाई अम्पायरले नो बल घोषित नगरेपछि पूर्व र वर्तमान खेलाडी तथा फ्यानहरुलाई चकित बनाएको छ।
बैंगलोरले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदरावाद ७३/२ को अवस्थामा थियो जति बेला बैंगलोरका पेसर उडानाले १० औं ओभरमा ‘स्लोअर बल’ गर्ने प्रयास गरेका थिए जुन बल सोझै विलियमसनको टाउकोको उचाइमा पुगेको थियो जसलाई विलियमसनले पुल सट खेल्दै १ रन लिए।
सबैलाई अचम्मित पार्दै अम्पायरले उक्त बलमा कुनै पनि निर्णय दिएनन् जसले विलियमसनलाई आश्चर्यमा पारेको थियो। त्यसपछि उनले दुवै अनफिल्ड अम्पायरलाइ हातले इशारा गर्दै प्रश्न गरेका थिए। हैदरावादका खेलाडी मात्रै हैन धेरै क्रिकेटरहरुले समेत अम्पायरको उक्त निर्णय प्रति आश्चर्यजनक प्रतिक्रिया दिए। कमेन्टेटरहरुले समेत सोहि प्रतिक्रिया दिए।
“यो अतिरिक्त रन हुनेछ।” कमेन्टेटर तथा पूर्व भारतीय महिला क्रिकेटर अन्जुम चोपडाले बलिंग गर्ने बित्तिकै प्रतिक्रिया दिईन्। “नो बल घोषित हुनु पर्थ्यो, विलियमसन खुसि छैनन्”
अर्का पूर्व श्रीलंकन कप्तान कुमार साँगाकाराले कमेन्ट्रिमा भने – “मलाई थाहा छैन, जुनसुकै समयमा नियम परिवर्तन हुन्छ हो ?”
अम्पायरको निर्णय प्रति आश्चर्यजनक प्रतिक्रिया दिंदै पूर्व भारतीय स्पिनर हरभजन सिंहले ट्वीटरमा भिडियो क्लिप्सनै राख्दै “हैन यो नो बल हैन” भन्दै व्यंग्यात्मक प्रहार गरेका छन्। सिंह मात्रै हैन युभराज सिंह, जोफ्रा आर्चर, जिम्मी निशम जस्ता क्रिकेटरहरुले पनि आश्चर्यजनक प्रतिक्रिया दिएका छन्।
No this isn’t a no ball 🙄🤣🤣🤣 @IPL pic.twitter.com/XcD4Gl0tT1
— Harbhajan Turbanator (@harbhajan_singh) October 31, 2020
I honestly can’t believe that was not given a no ball ! Like seriously !!!🤷♂️ #RCBvsSRH #IPL2020
— Yuvraj Singh (@YUVSTRONG12) October 31, 2020
No balls are head high now???
— Jimmy Neesham (@JimmyNeesh) October 31, 2020
Noball ?
— Jofra Archer (@JofraArcher) October 31, 2020
क्रिकेटरहरु मात्रै हैन फ्यानहरुले समेत अम्पायरको उक्त निर्णय प्रति औंला ठड्याएका छन् –
This was way above waist height, not sure why umpire missed this No Ball. pic.twitter.com/lwrschfcKF
— Mufaddal Vohra (@mufaddal_vohra) October 31, 2020
That was almost on the shoulder-high of Kane Williamson but the umpire didint call a no ball.
— Johns. (@CricCrazyJohns) October 31, 2020
आईपीएलमा अम्पायरले विवादित निर्णय गरेको यो पहिलो पटक हैन। पढ्नुस त्यस्तै अन्य विवादहरु –
IPL : डीआरएस नलिन प्रोत्साहित गरेपछि अम्पायर चौधरी विवादमा
IPL : धोनीले त्यस्तो के गरे, जसपछि अम्पायरले निर्णयनै परिवर्तन गरे
विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि
यो पनि पढ्नुस :
लगातार तेश्रो हार पछि बैंगलोर कप्तान कोहलीले के भने
बैंगलोरलाई पराजित गर्दै हैदरावाद चौथो स्थानमा उक्लियो, प्लेअफ सम्भावना कायमै
दिल्लीको लगातार चौथो हार, सहज जित पछि मुम्बईको शिर्ष-२ स्थान पक्का