अब फ्रन्ट फुट ‘नो बल’को निर्णय थर्ड अम्पायरले गर्ने , यसै साता देखि लागु हुने

इंग्ल्यान्ड र आयरल्याण्ड बीच जुलाई ३० देखि सुरु हुने तिन म्याचको वानडे सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को आईसीसी विश्वकप सुपर लिग सुरु हुनेछ। यो सिरिजमा टिमको ढिलो ओभर रेटमा अंक काटिनेछ भने फ्रन्ट फुट नो बल ( अगाडीको खुट्टा नाघ्दा हुने नोबल ) को निगरानी थर्ड अम्पायरले गर्ने भएको छ।

आईसीसीले विश्वकप सुपर लिगको सबै खेलमा फ्रन्ट फुट नो बलको निगरानी थर्ड अम्पायरले गर्ने बताएपछि अन फिल्ड अम्पायरले प्रत्येक बलमा फ्रन्ट फुट हेर्न पर्नेछैन। अनफिल्ड अम्पायरको लागि यो निर्णयले गर्दा पिचमा हुने गतिविधि हेर्न अतिरिक्त समय मिल्नेछ।

आईसीसीले बिगत केहि समय देखि ‘फ्रन्ट फुट नो बल’ लागु गर्न प्रयोगहरु गरिरहेको थियो। अब आईसीसीले आफ्नो प्लेयिंग कंडीसनमै ( कुनै पनि प्रतियोगिता हुँदा खेलमा लागु हुने नियमहरु बारे किताब )  यसलाई समावेश गरेको छ।

अम्पायरहरुले फ्रन्ट फुट नो बल हेर्न मुस्किल भएको गुनासो पछिल्लो वर्षहरुमा बढे पछि आईसीसीले थर्ड अम्पायरलाई यो जिम्मेवारी दिने बारे सोचेको थियो। यसले गर्दा पछिल्लो २ वर्षमा धेरै नो बलको निर्णय दिन अम्पायर चुकेका थिए। फ्रन्ट फुट नो बलको गल्तिले गर्दा ब्याट्सम्यानहरु नो बलमा आउट हुने गरेका थिए। ब्याट्सम्यानको लागि नो बलमा फ्री हिट पाइने हुँदा पनि यो फाइदाजनक हुनेछ।

अब विश्वकप सुपर लिगमा सबै नो बलको निर्णय थर्डअम्पायरले गर्नेछन्

“सेतो बल क्रिकेटमा फ्री हिटको महत्व निकै रहेको छ जसकारण नो बलको निर्णय सहि हुनु जरुरि रहेको छ। त्यसैले यो निकै महत्वपूर्ण बदलाव हुनेछ। त्यसैले क्रिकेट कमिटिले यसलाई विश्वकप सुपर लिगको प्लेयिंग कन्डीसनमा राख्न प्रस्ताव गरेको हो” आईसीसीका क्रिकेट अपरेसनका महाप्रबन्धक ज्योफ अलारडाइसले बताए।

आईसीसीले भारत वेस्टइन्डिज टेस्टमा गरेको थियो प्रयोग 

आईसीसीले भारत र वेस्टइन्डिज बीच गत वर्ष खेलिएको वानडे सिरिजको दौरान गरेको थियो जसको परिणाम राम्रो आएको थियो। त्यसपछि आईसीसीले यो वर्ष सुरुवातमा अस्ट्रेलियामा भएको महिला टि-२० विश्वकपमा यसको प्रयोग गरेको थियो। सन् २०१६ को इंग्ल्यान्ड र पाकिस्तान बीचको ५ वानडे सिरिजमा पनि यसको ट्रायल गरिएको थियो।

फ्रन्ट फुट नो बलको निर्णय थर्ड अम्पायरले गर्ने भएता पनि बलको उचाइको कारण हुने नो बलको निर्णय भने मैदानमै रहेको अम्पायरले गर्नेछन्।

ढिलो ओभर रेटको अंक काटिने 

विश्वकप सुपर लिगको दौरान टिमको ओभर रेट धोली भएको खण्डमा १ अंक काटिनेछ। टिमले जित्दा १० अंक तथा बराबरी र खेल रद्द भएको खण्डमा ५ अंक पाउनेछ।

टिमले इनिंगमा दुइ वटा डीआरएस पाउने 

यस्तै सुपर लिगमा हरेक टिमलाई प्रत्येक इनिंगमा दुइ वटा डीआरएस ( डिसिजन रिभ्यु सिस्टम ) पाउनेछ। गत जुनमा वानडे र टि२० मा एक डीआरएस बढाएर दुइ डीआरएसको घोषणा गरिएको थियो। तथापी यो निर्णय लागु भएता पनि पहिलो ३ महिनाको नतिजा पछि पुनर्विचार गरिनेछ।

विश्वकप सुपर लिग जुलाइ ३० देखि 

आईसीसीले सोमबार आधिकारक रुपमा २०२३ एकदिवसीय छनौटको बाटोको रुपमा पहिलो आईसीसी विश्वकप सुपर लिगको सुरुवात घोषणा गरेको हो।

इंग्ल्यान्ड र आयरल्याण्ड बीच एजेस बल मैदानमा जुलाई ३० मा खेलिने एकदिवसीय अन्तर्राष्ट्रियबाट विश्वकप सुपर लिगको सुरुवात हुनेछ।

लिगमा आईसीसीका १२ टेस्ट रास्ट्र तथा २०१५-१७ को आईसीसी विश्व क्रिकेट सुपर लिग जितेको नेदरल्याण्ड गरि कुल १३ राष्ट्र सहभागी हुनेछन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लागु हुने सिरिजको शिर्ष ७ स्थानमा हुने राष्ट्रहरु स्वतः भारतमा २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनौट हुने आईसीसीले घोषणा गरेको छ।

धेरैले पढेको :- 

– आईसीसीद्वारा २०२३ विश्वकप छनौटको लागि नयाँ लिगको घोषणा, पढ्नुस नेपालको विश्वकप छनौट हुने बाटो

– सिपिएल टि-२० को खेल तालिका सार्वजनिक, सन्दिपको टिमको खेल कहिले छ

– ऐतिहासिक किर्तिमानबाट ब्रड मात्र १ विकेट टाढा





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]