नोभेम्बर २६ देखि सेन्चुरी ब्यांक कर्पोरेट क्रिकेट

  • विकेटनेपाल, कार्तिक २६ – सोमबार 

नेपालकै सबैभन्दा ठुलो कर्पोरेट क्रिकेट प्रतियोगिता सेन्चुरी ब्यांक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको पाँचौ सिजनको घोषणा भएको छ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमाझ नोभेम्बर २६ देखि डिसेम्बर १ सम्म टियु मैदानमा प्रतियोगिता आयोजना हुने आयोजक एसएस इभेन्ट्सले बताएको छ।

एसएस इभेन्ट्सले आयोजना गर्ने प्रतियोगितालाई पहिलो ४ सिजन देखि मुख्य प्रायोजक रहेको सेन्चुरी ब्यांकले मुख्य प्रायोजन गर्नेछ।

कुल २४ टिमले सहभागिता जनाउने प्रतियोगिताको सहभागी टिमहरुलाई ८ वटा समुहमा बिभाजन गरेर लिग चरणको खेल खेलाईनेछ। प्रत्येक समुहको टिमले एक-अर्कासंग खेलीसकेपछि प्रत्येक समुहबाट २ वटा टिम प्रि-क्वार्टरफाइनल खेल्न छनौट हुनेछ। प्रि-क्वार्टरफाइनलबाट क्वार्टरफाइनलमा ८ टिम हुँदै सेमीफाइनल र फाइनल खेल खेलिनेछ।

प्रतियोगिताको क्वार्टरफाइनल पछिका सबै खेलहरु रास्ट्रिय टिभीबाट प्रत्यक्ष प्रशारण हुने इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले जानकारी गराएका छन्। प्रतियोगिताको कुल बजेट ३२ लाख रुपैयाँ रहेको समेत शिवाकोटीले बताए।

प्रतियोगिताको बिजेता टिमले आगामी बर्ष निशुल्क इन्ट्री पाउनेछ। यस्तै उपविजेता टिम, रनर अप, म्यान अफ द सिरिज, बेस्ट बलर/ब्याट्सम्यान , बेस्ट फिल्डर लगायतलाई बिशेष पुरस्कार प्रदान गरिनेछ।

गत बर्ष सिभिल ब्यांकले आईसीएफसी फाइनान्सलाई पराजित गर्दै चौथो सिजनको उपाधि आफ्नो पक्षमा पारेको थियो।

सिभिल ब्यांक प्रतियोगिताको डिफेन्डिंग च्याम्पियन हो

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy