जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

२०८१ पुष २८, आईतवार १७:०५

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ।

पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशमाथि पाँच विकेटको जित दर्ता गर्दै उपाधि निजक पुगेको हो।

जनकपुरस्थित रामजानकी मैदानमा आइतबार बागमती प्रदेशले दिएको ११६ रनको लक्ष्य पुलिसले पाँच विकेट गुमाउँदै पूरा गर्यो।

पुलिसका लागि अमीत श्रेष्ठले ४५ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे। यसैगरी कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले अविजित २० रन बनाए।

यता, बागमतीका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिश जिसी र सूर्य तामाङले समान एक विकेट लिए।

बागमतीले दोस्रो इनिङमा २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य प्राप्त गरेको थियो।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो। यसअघि आर्मीसँग बराबरी खेलेको पुलिसले मधेश प्रदेशलाई हराएको थियो। यता बागमतीको यो पहिलो हार हो। यसअघि बागमतीले मधेश र आर्मीसँग बराबरी खेलेको थियो।

पुलिसले मंगलबार हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ। फाइनल तीन दिवसीय हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy