जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ।

पुलिसले लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशमाथि पाँच विकेटको जित दर्ता गर्दै उपाधि निजक पुगेको हो।

जनकपुरस्थित रामजानकी मैदानमा आइतबार बागमती प्रदेशले दिएको ११६ रनको लक्ष्य पुलिसले पाँच विकेट गुमाउँदै पूरा गर्यो।

पुलिसका लागि अमीत श्रेष्ठले ४५ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे। यसैगरी कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले अविजित २० रन बनाए।

यता, बागमतीका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिश जिसी र सूर्य तामाङले समान एक विकेट लिए।

बागमतीले दोस्रो इनिङमा २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य प्राप्त गरेको थियो।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो। यसअघि आर्मीसँग बराबरी खेलेको पुलिसले मधेश प्रदेशलाई हराएको थियो। यता बागमतीको यो पहिलो हार हो। यसअघि बागमतीले मधेश र आर्मीसँग बराबरी खेलेको थियो।

पुलिसले मंगलबार हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ। फाइनल तीन दिवसीय हुनेछ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]