आर्मीलाई अपत्यारिलो ढंगले हराउदै पुलिस फाइनलमा, स्वर्णको लागि एपीएफसंग प्रतिस्पर्धा

  • विकेटनेपाल, बैशाख १० 

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकको लागि शशस्त्र प्रहरी बल ( एपीएफ ) र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।

मंगलबार कोहलपुर मैदानमा सम्पन्न सेमीफाइनलमा पुलिसले आर्मीलाई र एपीएफले प्रदेश-१ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

बुधबार स्वर्ण पदकको लागि दिउसो १ बजे पुलिस र एपीएफ तथा कास्य पदकको लागि आर्मी र प्रदेश-१ बिहान ८:३० बजे प्रतिस्पर्धा गर्नेछन्।

एपीएफको सहज जित, शरदको उत्कृट बलिङ्ग  

कोहलपुर मैदानमा मंगलबार सम्पन्न पहिलो सेमीफाइनलमा शशस्त्र प्रहरी बल – एपीएफले प्रदेश-१ लाई ८ विकेटले सहजै पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश-१ ले १६.३ ओभरमा ४९ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ओपनर मिनास थापा र सन्नी पुनले समान १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Sharad Vesawkar

एपीएफ अफ स्पिन बलर शरद भेसावकरले ४ विकेट तथा बसन्त रेग्मीले ३ विकेट लिए। शरदले ४ ओभरमा १३ रन तथा बसन्तले ४ ओभरमा ८ रन खर्चिए। अभिनाश बोहरा ( २.३-०-७-१ ) र भुवन कार्की ( ३-०-१२-१ ) ले १/१ विकेट लिए।

५० रनको लक्ष्य एपीएफले १०.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। शंकर रानाले अविजित २३ ( २० बलमा २ चौका र २ छक्का ) र प्रदिप ऐरीले अविजित १७ रन ( २८ बलमा , १ चौका र १ छक्का ) बनाए।

प्रदेश-१ बलर दिपेश कंडेल ( ४-१-६-१ ) र पुष्प थापा ( ३-०-१६-१ ) ले १/१ विकेट लिए।

पुलिसको अपत्यारिलो जित 

आजै कोहलपुर मैदानमा सम्पन्न दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ रनले पराजित गर्यो।

टस जितेर नेपाल पुलिसले पहिले ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर ८० रनको योगफल तयार गरेको थियो। अमित श्रेष्ठले २३ र दिलिप नाथले ११ रन बनाउनु बाहेक अन्य पुलिस ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Sagar Dhakal ( Photo by – Vijay Kumar Dhital )

आर्मीको लागि देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट ( ४-२-८-३ ) लिए भने सोमपाल कामि ( ४-१-२१-२ ) र सुशन भारिले ( ४-०-२१-२ ) २/२ विकेट लिए। हरी चौहान ( २-०-४-१ ) र (  ४-०-१८-१ ) ले १/१ विकेट लिए।

८१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीको जित सहज देखिएको थियो। १६ ओभरमा ७७ रन बनाउदा आर्मीसंग ५ विकेट बाँकी थियो।

१७ औं ओभरको दोश्रो बलमा राजेश पुलामीलाई ललित राजबंशीले एलबिडब्लु आउट गरे जसपछि खेलले नाटकीय परिवर्तन लियो।

७७/६ ( १६.२ ओभर ) कोअवस्था मा जितको लागि ३ रन बाँकी थियो।

ललितले १७ औं ओभरको अन्तिम बलमा ४ बल खेलेर खाता नखोलेका रोहित पौडेललाई विकेटकिपरबाट क्याच आउट गराए।

१८ औं ओभरमा सागर ढकालले तेश्रो बलमा बिनोद भण्डारीलाई खाता नखोल्दै क्याच आउट गराए। लगत्तै चौथो बलमा सागरले सुशन भारिलाई एलबिडब्लु धरापमा पारे। ओभरको अन्तिम बलमा शाहब आलम विकेटकिपर हिमांशु दत्ताबाट स्टम्प आउट भए। पुलिसले ३ रनको रोमान्चक जित दर्ता गर्यो।

७७/५ ( १६.१ ओभर ) बाट आर्मीले १ रन पनि नजोड्दा ५ विकेट गुमाउन पुग्यो। बिनोद भण्डारी, रोहित पौडेल, सुशन भारि र शाहब आलम खाता नखोली आउट भए भने सोमपाल कामि १ बल पनि खेल्न नपाउदै खाता नखोली अविजित रहे।

पुलिसको लागि देब्रे हाते स्पिनर सागर ढकालले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर सहित १४ रन खर्चिए। यस्तै ललित राजबंशी ( ४-१-१७-३ ) र नभिन सिंह थापा ( ३-०-१८-३ ) ले ३/३ विकेट लिए।

आर्मीको लागि कुशल मल्लले सर्वाधिक २३ रन ( १७ बलमा ३ छक्का ) , राजु रिजालले १४, हरे कृष्ण झाले ११ र राजेश पुलामीले १० रन बनाए।

खेलको प्लेयर अफ द म्याच सागर ढकाल चुनिए। सागर अन्डर-१९ राष्ट्रिय क्रिकेटर हुन्।

( फोटो श्रोत – विजय कुमार धिताल )





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]