नेपाल पुलिस क्लबलाई एमएम कपको उपाधि

तेश्रो संस्करणको एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पुलिसले अघिल्लो दुई संस्करणको विजेता त्रिभुवन आर्मी क्लबलाई २४ रनले पराजित गर्न सफल भयो।

जितको लागि २४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो।

आर्मीको ब्याटिंगमा हिमांशु दत्ताले अर्धशतकीय योगदान दिए जुन क्रममा उनले ८० बलमा ६ चौका र २ छक्का प्रहार गरे। निश्चल क्षेत्रीले ३६, इमरान शेखले २४ तथा नरेन साउदले २१ रन बनाए। बिशाल सुश्लिंगले १८, कप्तान बिनोद भण्डारीले ७ रन बनाउन सके।

राम्रो सुरुवात गरेको आर्मीले १३० रन बनाउदा मात्र १ विकेट गुमाएको थियो। सत्ताइसौं ओभरमा हिमांशु दत्तालाई बिपिन खत्रीले क्याच आउट गरेपछि पुलिस खेलमा फर्किएको थियो। दायाँ हाते मिडीयम पेसर श्रवन यादवले बिनोद भण्डारी, नरेन साउद, तुल बहादुर थापा र सुमित श्रेष्ठको विकेट लिंदै पुलिसलाई जित दिलाउन अहम भूमिका खेले।

पुलिसको बलिंगतर्फ श्रवन यादवले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ६३ रन खर्चिए। चित्र बिस्टले २ विकेट लिंदा बिपिन खत्री र सुनिल दौल्यालले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३९ रन बनाएको थियो।

पुलिसको ब्याटिंगमा अरुण ऐरीले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ८९ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान शंकर रानाले ५१ रन बनाए जुन क्रममा ८१ बलमा १ चौका र ४ छक्का प्रहार गरे। दिपक डुम्रेले ३६, श्रवन यादवले ३२ तथा अविनाश कर्णले १९ रन बनाए।

७७ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अरुण ऐरी र शंकर रानाले ९६ रनको साझेदारी गरेका थिए। शंकरको विकेट पछि अरुण र श्रवन बीच छैठौं विकेटको लागि ४३ रनको साझेदारी भयो।

आर्मीको बलिंगतर्फ दुर्गेश गुप्ता, नरेन साउद र तुल बहादुर थापाले समान २ विकेट लिए। बिशाल सुश्लिंग , पवन कार्की र सुमित श्रेष्ठले १/१ विकेट लिए।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्न सफल पुलिसले ४ लाख नगदसहित ट्रफी हात पार्यो भने आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी त्रिभुवन आर्मी क्लबका नरेन साउद घोषित भए जसले २५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याटर नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृस्ट बलर कोशी प्रदेशका प्रेम कामत घोषित भए। उत्कृस्ट बलर र ब्याटरले जनही रु.  १५ हजार रुपैयाँ पाए। फाइनल खेलको प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए जसले ४ हजार रुपैयाँ पाए।

एक साता सम्म चलेको प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो।





थप समाचार

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]

नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौँ। थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपालले आज (मंगलबार) हङकङ चाइनाविरुद्ध खेल्दैछ। नेपाली समय अनुसार यी […]