मधेशविरुद्ध पुलिस ४५ रनले अघि

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा दुईदिवसीय क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा पहिलो दिनको समाप्त हुँदा पुलिस १७४/३ को स्थितीमा छ। पुलिसका लागि अमित श्रेष्ठ ३४ र कप्तान आरिफ शेख १३ रन बनाएर खेलिरहेका छन्।

यसैगरी कुशल भुर्लेल ६८ बलमा १० चौकाको मद्दतले ६४, दिलिप नाथ ४० र गुल्शनकुमार झा २० रन बनाएर पेभेलियन फर्किए।

मधेशका लागि कप्तान हरिशंकर साहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मधेश पहिलो इनिङमा १२९ रनमै समेटियो।

मधेशका लागि मायन यादवले १०२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे। यसैगरी निरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन बनाए।

पुलिसका लागि गुल्शनकुमार झाले पाँच, कुशल भुर्लेलले दुई तथा ललितनाराण राजवंशी र श्रवण यादवले समान एक विकेट लिए।

तस्बिर : क्यान

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy